काठमाडौं । एनआईसी एशिया बैंकले एकै पटक दुई अवार्ड पाएको छ।बैंकले वर्ल्ड एचआरडी कंग्रेस,इम्प्लोएयर ब्राण्डिङ इन्सिच्युट र स्टार्स अफ द इन्डस्ट्री ग्रुपले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बेस्ट ब्राण्ड अवार्ड र बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड पाएको हो । अर्थ राज्यमन्त्री उदयशम्शेर जबराले अवार्ड हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बैंकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरु छनौट गरिएको थियो । यसअघि बैंकले नेपालको वित्तीय क्षेत्रमा उत्कृष्ट सेवा पु¥याए बापत सन् २००७ र २०१३ मा लण्डनस्थित ‘द बैंकर फाइनान्सियल टाइम्स’ले प्रदान गर्ने ख्यातिप्राप्त ‘बैंक अफ द इयर’ अवार्ड पनि प्राप्त गरिसकेको छ ।
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार (कात्तिक २९) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...