
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ ।
जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनाएको हो । कुनैसमय २-९ को स्थितीमा गरेको वेस्ट इन्डिजका लागि कप्तान होप र पुरनले दोहोरो शतकीय साझेदारी गरे ।
कप्तान होपले सर्वाधिक १३२ रनको शतकीय इनिङ खेले । उनले १२९ बलमा १० चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, निकोलस पुरन ९४ बलमा ११५ रन जोड्दै आउट भए । उनले ब्यक्तिगत ३ र ५४ रनमा जीवनदान पाएका थिए । साथै रोमन पावेलले २९ रन तथा ज्यासन होल्डरले रन बनाए ।
बलिङमा नेपालका ललित राजवंशीले ३ विकेट तथा करण केसी, दीपेन्द्रसींह ऐरी, गुल्सान झा र सन्दीप लामिछानेले समान एकएक विकेट लिए । सन्दीप यसअघि जिम्बाबे र अमेरिकाविरुद्ध भने विकेटविहीन बनेका थिए ।
यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक हो ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...