बाढी पाहिरोको जोखिमप्रति संवेदनशील बन – Naya Bikalpa
September 30, 2023, Saturday

बाढी पाहिरोको जोखिमप्रति संवेदनशील बन


यो वर्षको मनसुन शुरुवातसँगै देशका विभिन्न भागमा भारी वर्षातपछि आएको बाढी र पहिरोबाट जन–धनको क्षति हुन थालेको छ । यस्तो प्रकोपबाट जनधनको क्षति हुन नदिन सुरक्षा सतर्कता अवनाउन सरकारले समयमै ध्यान दिन जरुरी छ ।

अघिल्ला वर्षहरुमा जस्तै यो वर्षको मनसुन जेठको अन्तिम साताबाट शुरु भइसकेको छ । गत जेठ ३१ गतेदेखि देशको पूर्वी र मध्य पहाडी क्षेत्रमा गएको बाढी र पहिरोमा एक दर्जनबढी नागरिकको निधन भइसकेको छ । मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउन, घाईतको स्वास्थ्य उपचारको व्यवस्था गर्न, पहिरोमा परी घरबार गुमाएका जनतालाई तत्काल उद्धार गरी वसोवास र खानाको व्यवस्था गर्न सरकारले पूर्वतयारी गर्नु पर्ने खाँचो देखिएको छ ।

अविरल वर्षापछि पूर्वीपहाडी जिल्लाहरु भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र ओखलढुंगा तथा मध्यपहाडका जिल्लाहरु नुवाकोट गोरखा र तनहुँमा गरी १३ जनाको मृत्यु भएको, २६ जना अझै वेपत्ता भएको, ८ जना गम्भीर घाईते भएका, ४१ घर पूर्णरुपमा क्षतिग्रस्त भएको र ७ घरमा आंसिक क्षति पुगे घटनाबाट बाढीले आमनागरिकको जनजीवनलाई अप्ठ्यारो पारिहेको छ । त्यसैले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई उचित राहत, र अन्नवाली, खाद्यान्न र पशुचौपाय गुमाएका नेपालीहरुलाई क्षतिको उचित मुल्याङ्कन गरी क्षतिपूर्ती उपलब्ध गराउन सरकाले ढिलाई गर्न हुँदैन ।

यो वर्षको मनसुन शुरु भईसकेकाले देशका सबै भागमा हुनसक्ने मनसुनजन्य प्रकोप र त्यसबाट हुने क्षतिलाई न्युनिकरण गर्न पूर्वसतर्कता अपनाउन सरकारले पूर्वतयारी गर्नुपर्ने खाँचो देखिएको छ । वर्षातसँगै तराई मधेशमा जिल्लाहरुमा हुने बाढी र डुवानको समस्यालाई सामाधान गर्न सबै जिल्लामा आपत्तकालिन उद्धार र राहतको व्यवस्थापन केन्द्र तोक्न सरकारले ध्यान दिनु पर्छ । त्यसका लागि एम्बुलेन्स, दमकल, लत्ताकपडा, खाद्यान्न, औषधी र अस्थायी वसोवासको पूर्वतयारी र क्षति न्युनकरणको लागि व्यवस्थापन गर्नु जरुरी छ ।

बाढीपहिरो पीडितको उद्दार, राहत र व्यवस्थापनमा सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुको मानविय कार्यमा साथ सहयोग, समर्थन र सहभागिता जनाउन सबै राजनीतिक दल, तिनका भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ता र सर्वसाधरणलाई आस्था वा दलिय दृष्टिकोणभन्दा माथि उठेर मानबिनय कार्यमा सहकार्य र एकताको सन्देशसहित सबै प्रदेश, जिल्ला र स्थानीयमा खट्न र खटाउन तयारी अवस्थामा राख्नु पर्ने खाँजो खदेखिन्छ ।

बाढीपहिरोका कारण धनजनको क्षति हुन थालेकाले त्यसको उद्धार, खोजी, राहत, उपचार, पुनस्थापना गर्ने कुरामा सरकारलाई कसैले पक्ष वा विपक्ष नभनी आमनागरिकको रक्षा, सुरक्षा, उद्धार र पुनःस्थापनामा जुट्नु पर्ने देखिन्छ । यसका लागि सरकारले आफ्ना सबै सुरक्षा निकाय र सहयोगी संस्थाहरुलाई तयारी हालतमा राख्नु पर्ने खाँचो देखिन्छ । नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

बिपी र उनको राष्ट्रलाई योगदान
बिपी र उनको राष्ट्रलाई योगदान
  • २०८० असार ११, १२: १३

नेपालको पुरानो र ठूलो राजनीतिक दल नेपाली कांग्रेसको संस्थापकमध्येका एक नेता हुन्, विश्वेश्वर प्रसाद कोइराला । जसको ११०औं जन्मजयन्तीका दिन...

सेनाको आकार र यसको रणनीतिक महत्व
सेनाको आकार र यसको रणनीतिक महत्व
  • २०८० असार ११, १२: १३

केही दिन यता नेपाली सेनाको विषयलाई लिएर सार्वजनिक टिकाटिप्पणी गरिँदैछ । सेना अर्थात देश र देशवासीको रक्षा र सुरक्षाको लागि...

औचित्यहिन मोर्चावन्दी
औचित्यहिन मोर्चावन्दी
  • २०८० असार ११, १२: १३

प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियतामा आज चार दल सहभागी समाजबादी मोर्चाको घोषणा हुँदैछ । तर...