जनादेश अनुसार प्रतिपक्षको भूमिकामा बस्छः सिँचाईमन्त्री गौतम – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

जनादेश अनुसार प्रतिपक्षको भूमिकामा बस्छः सिँचाईमन्त्री गौतम

काठमाडौं । सिँचाईमन्त्री सञ्जय गौतमले कांग्रेसले तत्काल सरकार छोडेर सशक्त एवम् प्रभावकारी प्रमुख प्रतिपक्षमा बस्नेगरि तयारी गर्नुपर्नेमा जोड दिएका छन् । उनले अहिलेको जनादेशले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेकोले अब त्यही अनुसारको तयारी गर्नुपर्ने बताए ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री गौतमले मुलुकमा अहिले नयाँ परिवेश र परिस्थिति सिर्जना भएको बताउँदै अब उपर्युक्त समयको प्रतिक्षामा भएको र उपर्युक्त वातावरण बनाएर सरकार छोड्ने, कांग्रेसको तयारी अब सशक्त प्रतिपक्षमा बस्नको लागि हुने बताए । यद्यपि उनले प्रधानमन्त्री शेरबहादुर देउवाले समय आएपछि कुर्सी छोड्ने विश्वास दिलाए ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री गौतमले अहिलेको जनमत वाम गठबन्धनको पक्षमा देखिएकोले एमाले–माओवादी केन्द्रवीच एकता होस् भन्ने शुभकामना पनि दिए ।
राष्ट्रपतिसमक्ष रहेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश सरकारले विधिसम्म्त, प्रक्रियागत र संवैधानिक रुपमै प्रस्तुत गरेको उल्लेख गर्दै गौतमले भने,‘हामीले राष्ट्रपतिकहाँ पठाएको अध्यादेश कानूनसम्म्त, विधिसम्मत् र परम्परागत रुपमै आएको छ, यसलाई अनावाश्यक किसिमले लम्ब्याउने काम नहोस्, यसरी लम्ब्याउँदा संविधान नै डिरेल गर्न लागिएको भन्ने शंका उत्पन्न भएको छ।’ राष्ट्रिय सभाको निर्वाचनपछिमात्रै संघीय संसदले पूर्णता पाउने भएकोले यसलाई तत्काल स्विकृत गराउनुको विकल्प नभएको उनले बताए । उनले राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न पाउने भएकोले उनको भूमिकामा टिकाटिप्पणी गर्नु अमर्यादित हुने उनको भनाई थियो । उनले थपे, ‘तर राष्ट्रपतिले अध्यादेशलाई पूर्णता दिनुपर्छ, मलाई विश्वास छ, उहाँले अब विलम्ब गर्नुहुँदैन्, उहाँसँग अब अध्यादेश अनुमोदन गर्नुको अर्को विकल्प छैन ।’ समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै एकल संक्रमणीय व्यवस्था अनुसार अध्यादेश ल्याईएको उनले जानकारी दिए ।
मुलुकलाई केन्द्रमा राखेर सबै पार्टीले सोच्नुपर्ने बताउँदै उनले एमालेका नेताहरुले अलिक बढि नै एरोगेन्ट देखाउनुभएको बताए यो विषयमा मध्यममार्गी बाटो अपाउनकोलागि पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिका खेल्नुपर्ने बताउँदै खासगरी सरकार र दलवीच संबाद सुचारु गर्न उहाँको भूमिका यतिवेला खाँचो भएको उनको भनाई थियो ।
राष्ट्रिय सभासम्बन्धी निर्वाचन एकल र बहुमतीयबाहेक अर्को विकल्प केही सोच्नुभएको छ त भनेर सोधिएको एक प्रश्नमा उनले बीचको विकल्प नै नदेखेको र नभएको बताए । उनले खेल सुरु भएपछि कांग्रेसले खेलको नियम परिवर्तन गर्यो भनेर आफूहरुलाई लगाईएको आरोप गलत भएको स्पष्ट पारे । उनले अहिले खेल नै सुरु नभएको र गणितीय खेलको पक्षमा कांग्रेस नभएकोले अब सशक्त र प्रभावकारी प्रतिपक्षको भूमिकामा बस्ने उनले बताए ।
निर्वाचनमा पार्टी संस्थागत रुपमा चल्न नसक्दा पराजय भोग्नु परेको उनको तर्क थियो । उनले अहिलेको परिणामले आपूmहरुलाई स्तब्ध बनाएको र प्रत्यक्ष र समानुपातिकको मत हेर्दा सोच्न बाध्य बनाएको बताए, यसको लागि समिक्षा गर्न तत्काल केन्द्रिय कार्य समिति बैठक बोलाउनुपर्ने भन्दै समिक्षा गरेर उपर्युक्त बाटो अपनाउने जानकार दिए । गौतमले अहिलेको निर्वाचनमा कांग्रेसको परिणाम हेर्दा नेतृत्व असक्षमताको पुष्टि भएको समेत स्पष्ट पारे । उनले कांग्रेसको संगठन राम्रो भएन, संगठनलाई प्रभावकारी रुपमा अघि बढाउन सकिएन, त्यसैले तत्काल केन्द्रिय समिति, महासमिति बोलाएर समिक्षा गर्ने बताए ।
उनले संसदीय दलको नेता को बन्ने भन्नेबारे अहिले नै भन्नु हतार हुने समेत स्पष्ट पारे । उनले भने,‘संसदीय दलको नेता बन्न ईच्छा सबैको हुन्छ, तर अहिले को बन्छ भनेर भन्नु हतार हुन्छ, यस विषयमा टाउको जोडिन बाँकी छ।’ उनले पार्टी नेतृत्व गर्न युवाहरुले सोच राख्नु अतिशोयोक्ति नहुने समेत बताए । एमालेका उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेका नेता गौतमले आफू कामको हेभीवेट भएको सुनाए । उनले भने,‘नामको हेभीवेटले हुँदैन, म त कामको हेभीवेट हुँ, मलाई बर्दियाको माटोले पत्याउँछ भन्नेमा सुरुदेखि नै विश्वास थियो, मलाई पनि पार्टीले उचित मूल्यांकन गर्छ ।’

सम्बन्धित समाचार

६ दलले पाए राष्ट्रिय दलको मान्यता
६ दलले पाए राष्ट्रिय दलको मान्यता
  • २०७४ पुष १०, ०८: ३७

काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
  • २०७४ पुष १०, ०८: ३७

काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक...

गोपालमानले गगनलाई भने- ‘छाड्ने होइन, फेरि कांग्रेस रूपान्तरणको अभियानमा अघि बढौं’
गोपालमानले गगनलाई भने- ‘छाड्ने होइन, फेरि कांग्रेस रूपान्तरणको अभियानमा अघि बढौं’
  • २०७४ पुष १०, ०८: ३७

काठमाडौं : नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिइ नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न आग्रह गरेका...