धनुषाको नगराइन नगरपालिका वडाध्यक्ष र वडा सचिवविरुद्ध घुस लिएको अभियोगमा मुद्धा दर्ता – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

धनुषाको नगराइन नगरपालिका वडाध्यक्ष र वडा सचिवविरुद्ध घुस लिएको अभियोगमा मुद्धा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष वुलन यादव र सोही वडाका वडासचिव अमृत नारायण मिश्रविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार यादव र मिश्रविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो। उनीहरूलाई सेवाग्राहीसँग सडक निर्माण कार्य सम्पन्नको सिफारिस गरिदिए बापत ७० हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको क्रममा यादव र मिश्रले सडक निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीको लागि पूर्वाधार विकास कार्यालय, धनुषालाई सिफारिस गरीदिए बापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ पुष्टि भएको अख्तियारले जानकारी दिएको छ।

उनीहरूविरुद्ध ७० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार २२, १९: २४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० असार २२, १९: २४

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० असार २२, १९: २४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...