
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष वुलन यादव र सोही वडाका वडासचिव अमृत नारायण मिश्रविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार यादव र मिश्रविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो। उनीहरूलाई सेवाग्राहीसँग सडक निर्माण कार्य सम्पन्नको सिफारिस गरिदिए बापत ७० हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको क्रममा यादव र मिश्रले सडक निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीको लागि पूर्वाधार विकास कार्यालय, धनुषालाई सिफारिस गरीदिए बापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ पुष्टि भएको अख्तियारले जानकारी दिएको छ।
उनीहरूविरुद्ध ७० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...