
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा) ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५ औंँ स्थानमा छ ।
नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९औंँ स्थानमा छ भने माल्दिभ्स १५५औँ स्थानमा छ । नेपालपछि भुटान १८५औँ, बङ्गलादेश १८९औंँ, पाकिस्तान २०१औंँ, र श्रीलङ्का २०४औँ स्थानमा छ ।
विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ । यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौँथो तथा बेल्जियम पाँचौं स्थानमा छन् ।
यसैगरी क्रोसिया छैटौँ, नेदरल्याण्ड्स सातौँ, इटाली आठौँ, पोर्चुगल नवौं तथा स्पेन दशौँ स्थानमा छन ।
काठमाडौँ । सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार १९ रनले पराजित गर्दै...
काठमाडौं । एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा आज (सोमबार) नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो १२ः१५...
काठमाडौँ । भारतले बंगलादेशलाई ३–१ गोलले पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। यो भारतको महिला फुटबलमा छैटौँ उपाधि...