
गाइघाट । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ गोरेटोलाइनबाट उद्धार गरिएको लाटोकोसेरा प्रजातिको संरक्षित पंक्षी मलाहा हुचिल डिभिजन वन कार्यालय गाईघाटमा बुझाइएको छ ।
स्थानीय वसन्तपञ्चमी सामुदायिक वन उपभोक्ता समितिका सह–सचिव समेत रहेका सुनिल राईले गोरेटोलाइनमा घाइते अवस्थामा फेला पारेको संरक्षित पंक्षी मलाहा हुचिल बुधबार वन कार्यालयमा बुझाइएको हो ।
अवैध ढङ्गले बिक्रीवितरण हुने गरेको उक्त पंक्षी अन्य कसैले भेटेको भए बिक्री गर्न सक्ने भएको हुदा यस्ता संरक्षित पंक्षी वन कार्यालयलाइ बुझाउन उचित ठानेकोले आफूले डिभिजन वन कार्यालय बेल्टारमा सम्पर्क गरेर बुझाएको सुनिल राईले बताए । मलाहा हुचिलको प्राकृतिक वासस्थान नै जङ्गल हो ।

करिब ६० वर्ष आयु हुने मलाहा हुचिलको तौल तीन केजीभन्दा बढी हुँदा खुट्टाका नङ्ग्राले सिसा काट्न सक्ने र पाँच केजी तौल नाघेपछि यसलाई छुँदा करेन्ट लाग्ने शोधकर्ताहरु बताउँछन् । लाटकोसेरो प्रजातिको मलाहा हुचिलको सङ्ख्या वर्षेनी घट्ने क्रममा रहेको जनाइएको छ ।
नेपालमा दुर्लभ र संवेदनशील चरा प्रजातिको रुपमा लिइने हुचिल सिकारी र तस्करको निशानामा परेको छ । सिकारीले मासु खान र तस्करले विदेश निर्यात गर्नका लागि हुचिल चरालाई निशाना बनाउने गरेको बताइएको छ ।
घट्दो क्रममा रहेको उक्त प्रजातिको लाटोकेसेरोलाई संरक्षित गरी आगामी दिनमा पनि यस्ता लोकप्रिय पंक्षीको संरक्षण गर्नु हामी सबैको दायित्व हो । यस्ता पक्षीको संरक्षण र संम्बद्र्धनमा स्थानीय तह लगाएत हामी सबैको ध्यान जान आवश्यक देखिन्छ ।



काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...
काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...
काठमाडौँ । आज देशका अधिकांश सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ। धेरै स्थानमा हल्कादेखि...