
बेलका। बेलका नगरपालिका २ भागलपुर बान्डाँडाको वाँधमा शिवालय टोलका जागरुक युवाहरुले श्रावण ८ गते सोमबारदेखि सुरु गरेकाे वृक्षरोपण कार्यक्रममा अन्य टोलका केहि व्यक्तिहरुकाे दवाबका कारण वुधबार रोपिसकेका बिरुवाहरुलाई फेरि सार्नु परेको छ।
समुदायको पर्यावरणीय सौन्दर्यता बढाउन तथा वाँध जिर्ण अवस्थामा पुगेकाेले वाँध संरक्षण गर्न भनि कोशी प्रोजेक्ट अन्तर्गत पर्ने बेलका-२,भागलपुर, शिवालय टोलको बान्डाँडादेखि शिव मन्दिरसम्मको वाँधमाथी ४-५ फिट फराकिलो बाटो छोडेर स्थानिय शिवालय टोल विकासका केही जागरुक युवाहरुले बिरुवा उदयपुर जिल्ला डिभिजन वन कार्यलयबाट बिरुवा ल्याई रोपेका थिए ।
पछि अन्य टोलका केही व्यक्तिहरुले वाँधमाथिबाट आवत-जावत गर्न, ट्याक्टर हिँडाउन असहज हुने भन्दै दवाब सिर्जना गरी तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभागले मध्यवर्ती क्षेत्र बनाउन सक्छ भन्दै डर-त्रास पैदा गरेपछी रोपिसकेको बिरुवाहरुलाई फेरि सारिएको हाे।
वृक्षरोपण कार्यक्रमको अगुवा अमृत बिस्टका अनुसार ‘वृक्षरोपण गरिरहेको अवस्थामा स्थानियवासी लिलाराम शर्मा आएर आपत्ति जनाउँदै वाँधमाथिको हिड्ने बाटोमा बिरुवा रोप्नु उचित नरहेको र यसैको कारणले उक्त वाँधको क्षेत्र मध्यवर्ती क्षेत्र बन्न सक्ने भनी विरोध जनाउँदै वाँधमाथि रोपिसकेको विरुवालाई उखेलेर दुई फूट अझै तल रोप्नु यदि यसो नगरे यहाँ मध्यवर्ती क्षेत्र बनेको खण्डमा या केही नराम्रो दुर्घट्ना हुन पुगेमा रुख रोप्नेले नै जिम्मेवारी लिनु भनेपछी फेरि बिरुवा उखेलेर सारिएको हो।’
‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९’ र ‘मध्यवर्ती क्षेत्र व्यवस्थापन ऐन २०५२’ अनुसार कुनैपनी निकुञ्ज तथा वन्यजन्तु आरक्षको वरपरको क्षेत्रलाई सामुदायिक वनको रुपमा संरक्षण संवर्द्दन र सदुपयोग गर्नका लागि स्थानियहरुले निवेदन दिई मध्यवर्ती सामुदायिक वनको रुपमा दर्ता गराउन सक्ने छन्।
समुदायका युवाहरु जागरुक भई राम्रो काममा अग्रसर हुँदा समाजका विभिन्न तह तप्कामा जिम्मेवारीका साथ बसेका तथा बुद्दिजिवीहरुले युवाहरुलाई जोश जाँगर र आवश्यक सहयोग गर्नुको सट्टा उनिहरुका दवाबका कारणले युवाहरुलाई झन् निरुत्साहित पार्नु पक्कै पनि राम्रो होईन ।
समाजमा केहि नयाँ र प्रगतिशिल कामहरु हुन लाग्दा यथास्थितिवादी विचार भएका समाजका मान्यगुन्य उपाधी पाएका व्यक्तीहरुले हस्तक्षेप, दवाब सृजना गर्दा तथा यथास्थितिवाद हावी गर्दा समाज प्रगतिको पथमा अगाडि बढ्दैन। यथास्थितिवाद हावी भएका समाजका मान्य ब्यक्तिहरुका दवाबबाट मुक्त हुनका लागि आजका नयाँ पुस्ताहरु सचेतना,बौद्धिकता र भिजन लिएर अगाडि बढ्नैपर्ने हुन्छ ।
प्रगतिशिलतालाई अपनाउनै पर्छ भनी वृक्षरोपणमा सरिक भएका युवाहरुको बिचार र गुनासो समेत रहेका छन् ।
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...
काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...
काठमाडौँ । आज देशका अधिकांश सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ। धेरै स्थानमा हल्कादेखि...