मन्त्रीहुँदा खिचेको तस्वीर देखाएर ठगी गर्ने खतिवडालाई कारबाही गर्न डा. खड्काको माग – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

मन्त्रीहुँदा खिचेको तस्वीर देखाएर ठगी गर्ने खतिवडालाई कारबाही गर्न डा. खड्काको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो नाम र तस्वीर देखाएर केही युवाहरुलाई बैदेशीक रोजगारीमा पठाई दिने भन्दै ठगी गर्ने डिल्लीराम खतिवडालाई कारबाही गर्न माग गरेका छन्।

पूर्वमन्त्री तथा उदयपुर क्षेत्र नम्वर १बाट संघीय संसदको प्रतिनिधिसभामा निर्वाचित डा.नारायण खड्काले आफू मन्त्री हुँदा र सामान्य समयमा पनि भेटघाट हुँदा खिचिएका तस्वीरहरु र आफ्नो नाम प्रयोग गरेर आफ्नै जिल्लाका युवाहरुलाई जापान पठाई दिने प्रलोभन देखाई ठगी गर्नेलाई कारबाही गर्न माग गरेका हुन्।

सांसद डा. खड्काको सचिवालयले प्रेस विज्ञप्तिमार्फत खड्काको लेटरप्याड र सही छाप समेत स्क्यान गरी दुरुपयोग हुने संभवनालाई पनि मध्यनजर गर्दै त्यस्तो आएमा तुरुन्त सचिवालयमा खबर गर्न समेत आग्रह गरेको छ।

राजनीतिक पूर्वाग्रहका साथ अथवा भाइरल बन्ने लहडबाट आफूलाई बद्नाम गर्ने उदेश्यले संप्रेषित समाचार वा सामाजिक सञ्जाल पोष्टहरुको हल्लामा नलाग्न पनि खड्काले अनुरोध गरेका छन्।

पूर्वपरराष्ट्र मन्त्री डा. खड्काको नजिकको मान्छे भएको र उनकै सल्लाहमा जापान पठाई दिने भन्दै मोरङ्ग जिल्लाको लेटाङ नगरपालिका वडा नम्वर २ स्थायी घर भई हाल धुम्वाराहीस्थित विष्णुगल्ली मा जेन्युअन प्लेसमेन्ट नामको बैदेशीक रोजगार कम्पनी खोलेका डिल्लीराम खतिवडाले उदयपुरका युवाबाट करिव ५० लाख रुपैया लिएका थिए।

आफ्नो निर्वाचन क्षेत्र बेलका नगरपालिका र चौदण्डीगढी गाउँपालिकाका युवाहरुलाई बैदेशीक रोजगारीमा पठाउने भन्दै खतिवडाले युवाहरुलाई ठगेपछि खड्काले कारबाहीको लागि बैदेशीक रोजगार विभागमा उजुरी दिएका छन्।

खड्काको सचिवालयले पीडितलाई न्याय दिन भन्दै विभागमा उजुरी दर्ता गरेका छन् । दर्ता नम्वर १२२५ रहेको उजुरीमा बैदेशीक रोजगारीको नाममा ठगी गर्ने खतिवडालाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ।

सुकेधारा बस्दै आएका ४९ वर्षे खतिवडाले डा. खड्का मन्त्री हुँदा खिचिएको तस्वीर देखाउँदा उदयपुरकै युवाहरुबाट पैशा असुल गरेका छन् ।

उनको खोजी गरिएपछि खतिवडा वेपत्ता भएका छन्। विपक्षी दल नेकपा एमाले निकटको एक संगठनमा आवद्ध भएका भुपेन्द्र पौडेलको सूचनामा भर पर्दै एक टेलिभिजनले मन्त्री खड्काको संरक्षणमा ठगी भनेर साउन १७ गते एक रिपोर्ट सार्वजनिक गरेपछि त्यो सूचना गलत भन्दै एक टेलिभिजनले सच्याएको छ ।

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८० श्रावण २१, १४: ००

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० श्रावण २१, १४: ००

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८० श्रावण २१, १४: ००

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...