नेविसंघको ७१० सदस्यीय केन्द्रीय समितिमा काठमाडौंबाट मात्रै ४३ जना – Naya Bikalpa
November 16, 2026, Monday      Epaper
५ क्षेत्र भएको झापाबाट १३ जना पर्दा एउटा क्षेत्र भएको रामेछापबाट १४ जना

नेविसंघको ७१० सदस्यीय केन्द्रीय समितिमा काठमाडौंबाट मात्रै ४३ जना

काठमाडौं। नेपाली कांग्रेसले आफ्नो भ्रातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सात सय १० जना सदस्यहरु मनोनित गरेको छ।

कांंग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा ७१० जनालाई सदस्यमा मनोनित गरेका हुन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी सभापति देउवाले कार्यसमिति सदस्यहरुको मनोनयन गरेको जानकारी दिएका छन्।

केन्द्रीय तदर्थ समितिमा सबैभन्दा धेरै काठमाडौंबाट ४३ जना, मोरङ र कैलालीबाट २४–२४ जना केन्द्रीय सदस्य भएका छन्। पाँच वटा निर्वाचन क्षेत्र भएको झापाबाट १३ र रुपन्देहीबाट १६ जनालाई मात्र केन्द्रीय सदस्य मनोनीत गर्दा एउटा मात्र निर्वाचन क्षेत्र भएको रामेछापबाट १४ जना परेका छन्।

पार्टी सभापति देउवाले काश्कीका २३, चितवनका २०, नुवाकोट र स्याङ्जाका १६–१६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। गोरखाका १४ जना, काभ्रे, सिन्धुपाल्चोक, तनहुँ, नवलपुर र झापाका १३–१३ जना, दाङ र सुर्खेतका १२–१२ जना, धनुषा, ओखलढुंगा, खोटाङ,पर्वत, गुल्मी, दैलेख र कन्चनपुरका ११–११ जनालाई मनोनीत गरेका हुन्। सोलु र वाँकेबाट भने १० –१० जना केन्द्रीय समितिमा परेका छन्।

भोजपुरबाट कृष्ण विक र मुस्ताङबाट भने असिम शेरचन मात्र केन्द्रीय सदस्य भएका छन्। मनाङ, रोल्पा र रुकुम पूर्वबाट २–२ जना मात्र मनोनीत भएका छन् भने म्याग्दी, रोल्पा र ताप्लेजुङबाट भने ३–३ जना मात्र परेका छन् ।

यी आठ वटै जिल्लाबाट केन्द्रीय कार्यसमितिमा कसैको पनि उपस्थिति नहुँदा मनोनीत संख्या पनि कमी देखिएको छ। महामन्त्रीको गृह जिल्ला भएर पनि झापा, चार जना केन्द्रीय सदस्य भए पनि धनुषाबाट भने न्युन प्रतिनिधित्व रहेको छ ।

हेर्नुस् नामावली –

 

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८० श्रावण २३, १६: ४२

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८० श्रावण २३, १६: ४२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०८० श्रावण २३, १६: ४२

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...