
काठमाडौं। गत साउन १० गतेदेखि अबरुद्ध हुँदै आएको संघीय संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सुचारु गर्न प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच शुक्रबार छलफलल भएको छ।
सभामुख घिमिरेको सचिवालयका अनुसार सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका हुन्।
वालुवाटारस्थित प्रधानमन्त्रीसँग सरकारी निवासमा सभामुख र प्रधानमन्त्री प्रचण्डका बिचमा छलफल भएको थियो। सदन अवरोध भएपछि सभामुख घिमिरेसँग प्रधानमन्त्रीले एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन्।
सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति नबनाएसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अबरुद्ध गर्दै आएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...