प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच अबरुद्ध संसद खुलाउने विषयमा छलफल – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच अबरुद्ध संसद खुलाउने विषयमा छलफल

काठमाडौं। गत साउन १० गतेदेखि अबरुद्ध हुँदै आएको संघीय संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सुचारु गर्न प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच शुक्रबार छलफलल भएको छ।

सभामुख घिमिरेको सचिवालयका अनुसार सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका हुन्।

वालुवाटारस्थित प्रधानमन्त्रीसँग सरकारी निवासमा सभामुख र प्रधानमन्त्री प्रचण्डका बिचमा छलफल भएको थियो। सदन अवरोध भएपछि सभामुख घिमिरेसँग प्रधानमन्त्रीले एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन्।

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति नबनाएसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अबरुद्ध गर्दै आएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र १, १५: ५९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० भाद्र १, १५: ५९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० भाद्र १, १५: ५९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...