पत्थरीको शल्यक्रिया गर्न स्वस्तिक अस्पताल जाँदा ऐजनलालको मृगौला झिकेपछि मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

पत्थरीको शल्यक्रिया गर्न स्वस्तिक अस्पताल जाँदा ऐजनलालको मृगौला झिकेपछि मृत्यु

धनगढी। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकास्थित स्वस्तिक अस्पतालमा पत्थरीको शल्यक्रिया गर्न गएका एक बिरामीको अप्रेसनको क्रममा किड्नी झिकेपछि मृत्यु भएको छ।

दुवै मृगौलामा रहेको पत्थरी निकाल्नका लागि अस्पताल पुगेका कञ्चनपुरको बेलौरी, शिवनगरका ऐजनलाल चौधरीको दुबै मृगौला झिकिएपछि मृत्यु भएको हो।

चौधरीको दुवै किड्नीमा पत्थरीले गर्दा समस्या भएपछि भदौ ९ गते शनिबार अस्पताल भर्ना गरिएकोमा अपरेशनका क्रममा मृगौला नै झिकेपछि अत्याधिक रक्तश्राव भई उनको मृत्यु भएको जनाइएको छ।

उनको अपरेशन डाक्टर जोनस तिवारीले गरेका थिए। मृतकका भतिजा राजकुमार चौधरीका अनुसार स्वास्थ्य परीक्षणपछि शनिबार सवा १ बजे अप्रेसनको लागि अप्रेसन थिएटरमा लगिदा शुरुमा अप्रेसन सफल भयो भनिएको थियो तर साँझ ७ बजे भने बिरामी बेहोस भएर उनको पेट पुरै फुलेकाले मृत्यु भएको रहेछ।

मृगौलाको नशा काटिएर रक्तश्राव हुँदा बिरामीको अवस्था झन बिग्रिएपछि डाक्टरले अब सकिँदैन अप्रेसन थिएटरबाट निस्किएका थिए।

अस्पतालका अध्यक्ष महेश जोशीले पनि अप्रेसन हुँदा अत्यधिक रक्तश्राव हुँदा त्यसलाई रोक्न किड्नी झिकिएको र त्यसले पनि नरोकिएपछि अवस्था बिग्रिएको स्वीकार गरे। अप्रेसन बिग्रिएकोबारे डाक्टरसँग स्पष्टीकरण सोधिने अस्पताल अध्यक्ष जोशीको भनाइ छ।

डाक्टरको प्रष्टीकरण आएपछि सोही अनुसार अगाडि बढ्ने उनले बताए। बिरामीका आफन्तले डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएकोले सत्य तथ्य छानविन गरी डाक्टरलाई हदैसम्मको कारवाहीको माग गरेका छन्।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० भाद्र ११, १३: ३१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० भाद्र ११, १३: ३१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०८० भाद्र ११, १३: ३१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...