
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा अचाक्ली वृद्धि गरेको छ। निगमको सञ्चालक समिति विहीबारको बैठकले स्वचालित मूल्य प्रणालीअनुसार खाना पकाउने ग्यासमा एकैपटक प्रति सिलिण्डर २३५ रुपैयाँ बृद्धि गरेर नागरिकको ढाड सेकेको हो।
निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ र ग्यासको प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि भएको हो। निगमले बिहीबार नयाँ मूल्यसूची पठाउँदै पेट्रोलमा ३.१७ रुपैयाँ र डिजेलमा २.४८ रुपैयाँ र ग्यासमा १८६.४५ रुपैयाँ वृद्धि गरेको थियो।
यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १८२ रुपैयाँ, डिजेलको १७० रुपैयाँ पुगेको छ। त्यस्तै ग्यासको मूल्य वृद्धि भएर १८९५ रुपैयाँ पुगेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...