गोलरक्षकको सम्झनामा उदयपुरमा प्रथम दिप्सन मगर स्मृति फुटवल प्रतियोगिता हुने – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

गोलरक्षकको सम्झनामा उदयपुरमा प्रथम दिप्सन मगर स्मृति फुटवल प्रतियोगिता हुने

उदयपुर। हालै भएको सवारी दुर्घटनामा परी निधन भएका यहाँको चौदण्डीगढी नगरपालिका वडा न. ७ हाङबजारका युवा फुटबल खेलाडी दिप्शन मगरको स्मृतिमा बेल्टार एकता क्लबले फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

बेल्टार एकता फुटबल क्लबका गोलरक्षक समेत रहेका दिप्सन मगरको गत साउन १७ गते मोटरसाइकल दुर्घटना अल्पायुमै निधन भएको थियो। उनै दिप्सनको सम्झनामा यही भदौ २३ गते शनिबादरदेखि प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिता–२०८० हुने भएको हो।

आयोजक बेल्टार एकता क्लबसहित तालतलैया फुटबल क्लब (सुनसरी), कटारी फुटबल क्लब(उदयपुर), गाइघाट फुटबल क्लब, बेलका नगरपालिका, फ्युजन फुटबल क्लब(बोक्से), न्यु त्रियुगा स्पोर्टस क्लब (फत्तेपुर) र लालिगुराँस फुटबल क्लब(भागलपुर) गरी जम्मा ८ समूहले प्रतियोगितामा भाग लिने भएका छन्।

विजेता हुने टिमलाई ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टिमलाई ३० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ।

प्रतियोगितामा अन्य विभिन्न विधागत पुरस्कारहरु पनि रहेको आयोजक क्लबले जनाएको छ। सो प्रतियोगिताको विभिन्न वेभ साईटमा समेत प्रत्यक्ष प्रशारण गरिने आयोजक बेल्टार एकता क्लवले जनाएको छ।

सम्बन्धित समाचार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि सुरु हुँदै
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि सुरु हुँदै
  • २०८० भाद्र १६, २०: ४६

काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक...

प्रेस स्वतन्त्रता र पत्रकारका श्रम अधिकारको माग गर्दै पत्रकार महासंघले घोषणा गर्‍यो  देशव्यापी  आन्दोलन
प्रेस स्वतन्त्रता र पत्रकारका श्रम अधिकारको माग गर्दै पत्रकार महासंघले घोषणा गर्‍यो देशव्यापी आन्दोलन
  • २०८० भाद्र १६, २०: ४६

काठमाडौं, १ मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न...

काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
  • २०८० भाद्र १६, २०: ४६

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...