
काठमाडौं। नेपाली कांग्रेसले पार्टीका सस्थापक नेता तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ११०औं जन्मजयन्तिको अवसरमा आगामी भदौ २४देखि२६ गतेसम्म बिपी साहित्य महोत्सव कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टी मुख्यालय सानेपामा आयोजना हुने महोत्सवमा बीपीका बहुआयामिक पक्ष झल्कने गरी राजनीति, शिक्षा, संस्कृति, साहित्य आदिका विषयमा कार्यपत्र प्रस्तुत हुने कुरा सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी सहमहामन्त्री बद्री प्रसाद पाण्डेले जानकारी दिए।
महोत्सव सम्पन्न गर्नका लागि पार्टी सहमहामन्त्री पाण्डेको संयोजकत्वमा ३७ सदस्यीय मूल तयारी समिति गठन गरिएको छ। महोत्वसमा राष्ट्रियता, लोकतन्त्र, समाजबादको क्षेत्रमा उनले पुर्याएको अतुलनिय योगदान नेपाली राजनीतिक र साहित्यीक इतिहासमा अमर रहेकाले त्यसलाई युवामा संचार गर्न महोत्वस आयोजना गरिएको सहमहामन्त्री पाण्डेले बताए।
महोत्सवमा हुने १२ वटा सत्रहरुमा ‘बिपीका दृष्टिमा बिपी’, ‘बिपीका आख्यानमा मनोविश्लेषण’, ‘साहित्यमा पर्यावरण’, ‘नेपालको मातृभाषा साहित्य’, ‘बिपीले नपाएका १५ वर्ष’, ‘बिपीका आख्यानमा मधेश’, ‘अन्तराष्ट्रिय राजनीति र कुटनीतिमा बिपी’, ‘युवा श्रष्टामा बिपी पठन’, ‘समावेसिता, सामाजिक रुपान्तरण र बिपी’, ‘समय र सबाल्र्टन’, ‘बिपीका आख्यानमा नारी’ र ‘परिवारले बुझेको बिपी’ सम्वन्धी कार्यपत्र प्रस्तुत हुने छन्।
महोत्सवमा पहिलो दिन साँझ ५ देखि कविता साँझ, दोश्रो दिन गजल साँझ र तेश्रो दिन सांगितीक साँझ आयोजना हुने भएको छ। तीन दिनसम्म चल्ने महोत्सवको पहिलो दिन मुख्य वक्ताको रुपमा बिपी साहित्य सिर्जना र जीवन दर्शन विषयमा प्रा. अभि सुवेदीको प्रस्तुति हुने भएको छ ।
महोत्सवको दोश्रो दिन ‘माक्र्स, गान्धी एण्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा प्रा. आनन्द कुमार र ‘बिपीको समाजबादमा शिक्षा कस्तो हुन्थ्यो होला…’ विषयमा प्राध्यापक अभि सुवेदीले प्रवचन दिने भएका छन्।
महोत्सव मूल तयारी समितिको सदस्यमा केन्द्रीय सदस्य तथा पूर्वउपसभामुख पुष्पा भुषाल, प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, केन्द्रीय सदस्यहरु डा. डिला संग्रौला, योगन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य, अब्दुल सत्तार, नैनसिंह महर, राजीव ढुंगाना, दिलमान पाख्रिन, प्रकाश रसाइली स्नेही, रंगमति शाही, हरिशरण नेपाली, प्रा. डा.गोविन्दराज पोखरेल, नानु वास्तोला, नृपबहादुर वड, विद्यादेवी तिमल्सिनिा, उर्मिला थपलिया रहेका छन्।
समितिमा पार्टीको बागमति प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, काठमाडौं जिल्ला सभापति कृष्ण वानिया, ललितपुर सभापति जितेन्द्र श्रेष्ठ तथा तीर्थ श्रेष्ठ, साहित्यकारहरु श्रवण मुकारुङ, डा. नवराज लम्साल, डा. रत्नमणि नेपाल, डा. शैलेन्द्र प्रकाश नेपाल, सनन्ध्या पहाडी, सोझो गाउँले, नेताहरु मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, प्रकाश लामिछाने, तिर्थबहादुर थापा, गोकुल लिम्बु, पर्शुराम पोखरेल, राजेन्द्र पराजुली र प्रताप पौडेल रहेका छन्।
महोत्सवमा चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी ऐतिहा;िक फोटो प्रदर्शनी गरिने भएको छ। प्रदर्शनीमा पार्टीका सबै कार्यकर्ता, शुभेच्छुकका साथै अन्य दलका नेता कार्यकर्ता, साहित्यकार, कलाकार, चित्रकारसहित सर्वसाधरणलाई समेत कांग्रेसले अवलोकन र सहभागिताका लागि आव्हान गरेको छ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...