बालेन भन्छन्– सरकारले जग्गा दिए महानगरले क्रिकेट रंगशाला बनाउन पहल गर्छ – Naya Bikalpa
June 19, 2024, Wednesday

बालेन भन्छन्– सरकारले जग्गा दिए महानगरले क्रिकेट रंगशाला बनाउन पहल गर्छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सरकारले जग्गा उपलब्ध गराएको खण्डमा महानगरले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताए ।

मेयर बालेनले भारतसँग श्रीलंकामा सम्पन्न नेपालको खेल हेरिसकेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै उक्त कुरा बताएका हुन् । उनले सरकारले महानगर वा आसपासका क्षेत्रमा १०० रोपनी जग्गाको व्यवस्था गरिदिएमा रंगशाला निर्माणका लागि लाग्ने ८०-९० करोड रुपैयाँको लागतमा रंगशाला बनाउन महानगरले पहल गर्ने बताएका हु्न् ।

बालेन लेख्छन्, फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमन (Immigration) को कर्मचारीको प्रश्न थियो, “यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् ?” श्रींलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए ।

त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०-५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरुको संख्या १५०० देखि २००० को बिचमा थियो । नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगेका थिए । अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड पुग्यो होला ।

टिभीमा देखिने बिराट, रोहीतहरुलाई आँखा अगाडि मैदानमा देख्न पाएका थियौँ । उनीहरुको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो । खेलको सुरुमा उनीहरुको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भए जस्तो देखिन्थ्यो । विश्वकै उत्कृष्ट खेलाडिहरुमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वभाविक पनि थिएन ।

तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडिहरुको हाउभाउ पुरै रक्षात्मक बनिसकेको थियो । ठीक त्यहि बेला हामीले क्रिकेट जित्यौँ । अन्तिम नतिजा जे आए पनि हामीले यसपटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ ।

गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा नै बन्छ सायद ।

यसैले नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ ।

त्यो बाहेक खेलाडि र तल्लोतह (Grassroot) मा सिकाइ सुविधाका लागि अबको ३ बर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट (Bowling Net) राख्ने प्रबन्ध पहिले नै गरि सकेको छौ ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
  • २०८० भाद्र १९, १७: ३७

काठमाडौं। जनमत पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अब्दुल खानले क्रसर उद्योगीले राखेको जायज माग पुरा गर्नु पर्ने माग गरेका...

काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
  • २०८० भाद्र १९, १७: ३७

  काठमाडौं। जनमत पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य डा.सीके (चन्द्रकान्त) राउतलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
  • २०८० भाद्र १९, १७: ३७

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्ष २०८१–०८२को लागि विनियोजन पुस्तिका...