काठमाडौं। प्रतिनिधि सभाका सांसदहरुले कान्ति बाल अस्पतालको आकश्मिक कक्षमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराउँदै छानबिनको माग गरेका छन्।
प्रतिनिधिसभाको विहीबारको बैठकको शुन्य र विशेष समयमा बोल्दै सांसदहरुले काठमाडौंको मुटुमा रहेको कान्ति वाल अस्पतालले समेत समयमा उपचार नगर्दा बालिकाको मृत्यु भएको भन्दै दोषीउपर कारबाही गर्न माग गरेका हुन्।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका कांग्रेसका महामन्त्री गगन थापाले अस्पतालमा दुई घण्टा पालो कुर्दा पनि उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्था किन आयो भन्दै सरकारसँग जवाफ माग गरे। उनले राजधानीमा यस्तो हालत छ भने वाहिरका जिल्लामा कस्तो होला? भनी प्रश्न गरे।
उच्च ज्वरोसहितको समस्या भएपपछि कान्ति बाल अस्पताल पु¥याइएकी बालिका रेजिशा गोपालीको उपचारका लागि पालो कुर्दाकुर्दै निधन भएको थियो। सोही घटनालाई लिएर बिहीबार सांसदहरुले सरकारको जवाफ माग्नेदेखि दोषीउपर कारबाही र सर्वसुलभ स्वास्थ्य सेवाको व्यवस्था गर्न माग गरेका हुन्।
सांसद गणेश पराजुलीले उपचार नपाई वालिका मृत्यु कसको लापरवाहिले भएको हो भन्ने विषयमा छानबिन गर्नु पर्ने बताए। सांसद रञ्जुकुमार झाले संविधानमा शिक्षा र स्वाथ्य मौलिक अधिकार भनिए पनि नेपाली नागरिकले सर्वसुलभ स्वास्थ्य उपचार नपाउनु दुर्भाग्य भएको बताइन्।
गगन थापा, महेश बर्तौला, चन्दा कार्की, सुमना श्रेष्ठलगायतका अधिकांश सांसदले काठमाडौंमै उपचार नपाएर बालिकाले मृत्युवरण गर्नुपर्ने अवस्था लज्जास्पद रहेको र यसले देशको स्वास्थ्य सेवाको दुर्दशा देखाएको बताए।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...