नेपाल थाईल्याण्डसँग ४६ रनले पराजित भएसँगै विश्वकप छनोटबाट बाहिरियो – Naya Bikalpa
September 30, 2023, Saturday

नेपाल थाईल्याण्डसँग ४६ रनले पराजित भएसँगै विश्वकप छनोटबाट बाहिरियो


काठमाडौं । मलेसियामा जारी महिला टी २० विश्वकपको एसियाली छनोटबाट नेपाल बाहिरिएको छ । शुक्रबार बिहान भएको खेलमा थाइल्यान्डले नेपाललाई ४६ रनले पराजित गरेको हो ।

आज भएको महिला टी—ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनलमा पराजित भएसँगै पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अधुरै रहेको छ ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९.३ ओभरमा अलआउट हुनुअघि ५९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कविता कुँवरले १७ रन तथा कविता जोशी र अप्सरी बेगमले समान १०-१० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

थाइल्यान्डका लागि ओनिचा कामोचम्फुले र नाटाया बुचाथमले समान ३/३, थिपाचा पुथाओङले २ विकेट तथा सुनिडा चाटुरोन्ग्राटाना, फनिता मायाले १/१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो ।

थाईल्यान्डका लागि नान्नापत खोन्चरोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय ईनिङ खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाईन् । नेपालका लागि कविता कुवँर र पूजा महतोले समान १/१ विकेट लिएका थिए ।

सम्बन्धित समाचार

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० भाद्र २२, ११: १३

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० भाद्र २२, ११: १३

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...

संघीयता कार्यान्वयनमा शासकीय मानसिकता परिवर्तन जरुरीः कावा प्रधानमन्त्री खड्का
संघीयता कार्यान्वयनमा शासकीय मानसिकता परिवर्तन जरुरीः कावा प्रधानमन्त्री खड्का
  • २०८० भाद्र २२, ११: १३

  काठमाडौं। कार्यवाहक प्रधानमन्त्री तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले संघीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तनमा जोड दिएका छन्। राजधानीमा शुक्रबार...