फिनल्याण्डकी पूर्वप्रधानमन्त्री मरिनले परामर्शदातामा नियुक्त हुन सांसदबाट दिइन् राजिनामा – Naya Bikalpa
September 30, 2023, Saturday

फिनल्याण्डकी पूर्वप्रधानमन्त्री मरिनले परामर्शदातामा नियुक्त हुन सांसदबाट दिइन् राजिनामा

हेलसिन्की। गत अप्रिलमा निर्वाचनमा पराजित सोसल डेमोक्रयाट्स पार्टीकी नेतृ तथा पूर्वप्रधानमन्त्री सन्ना मरिनले बिहीबार आफ्नो संसदीय पदबाट राजीनामा दिएर बेलायती गैरनाफामुलक संस्थाको परामर्शदाता बन्ने घोषणा गरेकी छन्।

मरिनले बेलायती पूर्वप्रधानमन्त्रीको नाममा स्थापना भएको ‘टोनी ब्लेयर इन्स्टिच्युट फर ग्लोबल चेन्ज’मा रणनीतिक परामर्शदाता नियुक्त भएको बताएकी छन्। ‘म फिनल्याण्डका लागि अन्य क्षमतामा पनि काम गर्न सक्छु । यो यस्तो काम हो जुन मलाई लाग्छ कि फिनल्याण्डलाई समग्र रूपमा फाइदा हुनेछ ।’ उनले भनिन् ।

मरिनले भनिन्, ‘मसँग परिचित नीतिगत विषयमा विभिन्न देशका सरकार र नेताहरूलाई सल्लाह दिनेछु।’ सञ्चारमाध्यमले ‘रक स्टार प्राइम मिनिस्टर’ को संज्ञा दिएकी मरिनले फिनल्यान्डको आमनिर्वाचनमा आफ्नो असाधारण लोकप्रियतालाई निरन्तरता दिन सकेकी थिइनन्।

त्यसपछि मरिनले पार्टी नेतृत्वबाट राजीनामा दिएकी थिइन्। प्रधानमन्त्रीका रूपमा आफ्नो चार वर्षे कार्यकालमा असर परेको स्वीकार गर्दै उनले भनेकी थिइन्, ‘कहिलेकाहीं मेरो आफ्नै सहनशीलताको परीक्षण भएको छ ।’

अत्यन्त लोकप्रिय नेता भए तापनि मरिन आफ्नो निजी जीवनका कारण विवादमा आएकी थिइन्। अगष्ट २०२२ मा, मरिनले फिनल्याण्डका सेलिब्रेटीहरूको एक समूहसँग पार्टी गरेको सामाजिक सञ्जालका भिडियोहरू लिक भएका थिए जसले गर्दा उहाँलाई गलत कामको शङ्का हटाउन लागुऔषध परीक्षण गर्न प्रेरित गरेको थियो ।

सम्बन्धित समाचार

राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
  • २०८० भाद्र २२, १७: १३

काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० भाद्र २२, १७: १३

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० भाद्र २२, १७: १३

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...