नेपालको पुरानो र ठूलो राजनीतिक दल नेपाली कांग्रेसको संस्थापकमध्येका एक नेता हुन्, विश्वेश्वर प्रसाद कोइराला । जसको ११०औं जन्मजयन्तीका दिन उनको दल नेपाली कांग्रेसकाका साथै परिवारजन, शुभेच्छुक, राजनीतिज्ञ र साहित्यकारदेखि कुटनीतिज्ञहरुले समेत स्मरण गर्ने गर्छन् । बीपी एउटा राजनीतिक दल नेपाली कांग्रेसका संस्थापक मात्र होइन, उनको योगदान र क्षमता बहुपक्षिय र बहुआयामिक छ । उनको योगदान र विचार आजपर्यन्त उपयोगी र सान्दर्भीक छन् ।
नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाले मुलुकमा मुस्किलले १७ महिना मात्र देशमा शासन गर्ने अवसर पाए । तर उनको यो छोटो अवधिमा गरेका योगदान भने दीर्घकालिन प्रभाव पार्ने किसिमका उपयोगी छन् । उनको बिचारदेखि कर्मसम्मको सरसर्ती अध्ययन गर्ने हो भने खोट लगाउने ठाउँ सितिमिति पाइँदैन । दुई तिहाई बढी नागरिकले अनुमोदन गरेर शासन सत्तामा पुर्याए पनि उनै महामानवको जेतस्वी र चर्चाको जलनबाट तत्कालिन राजा महेन्द्रले उनलाई सत्ताच्युत गरेका थिए । तत्कालिन सरकारमाथि राष्ट्रप्रमुखको हैसियतमा रहेका राजा महेन्द्र कपोल्कल्पित, असत्य र झुटो आरोपको फेहरिस्त बनाई अपदस्त गरेर मुलुकलाई करिव ३० वर्षको कालरात्रिमा धकेलेका थिए ।
जीवनको प्रारम्भ नै अभाव, संघर्ष र चुनौतिबाट शुरु गरेका बीपीको ठूलो क्षमता भनेको संकटमा नआत्तिने,हरेक समस्याको समन र सामना गर्न सक्ने हैसियत उनमा पाइन्छ । उनको न्वारानको नाम चुडामणी भए पनि राजनीतिमा विश्वेश्वर प्रसाद कोइरालाको नामले देश र विदेशमा प्रख्यात भए । साहित्यमा बिपी कोइराला नामले उनले ख्याति कमाए ।
सशस्त्र क्रान्तिबाट मात्र परिवर्तन सम्भव देख्ने बिपीले जीवनको मध्यान्तर र उत्तरार्धमा भने गान्धिवादी अर्थात अहिंसावादी भएर निस्कनुभयो । बिपीले राजनीतिमा माटो सुहाउँदो प्रजातान्त्रिक समाजबादको अवधारणा ल्याउनुभयो । नेपालमा उनी प्रधानमन्त्री भए वा नेपाली कांग्रेसको पार्टी सभापति भए अनि क्रान्ति गरे भन्ने नाममा मात्र स्मरण गरिनु पर्दैन । बीपीले भारतीय समाजबादी नेताहरु राममनोहर लोहिया र जयप्रकाश नारायणसँगै प्रजातान्त्रिक समाजबादी नेताको रुपमा विश्वमै ख्याती कमाए । जसले गर्दा उनको सम्वन्ध बर्मादेखि इजरायलसम्म आजसम्म ऐतिहासिक र स्मरणयोग्य बनेको छ । बीपीले विश्व समाजबादी संगठनको उपाध्यक्ष भएर आफ्नो उचाई प्रस्तुत गरेका थिए ।
साहित्यमा अराजकबादी भनेर चिनिएका बीपी राजनीतिमा भने समाजबादी विचारधाराका थिए । मानिसको स्वतन्त्रता, मानवअधिकार,सामाजिक तथा आर्थिक समानता र न्यायका लागि विपीका बिचार र योगदान सिंगो नेपाल राष्ट्रका लागि योगदान बनेका छन् ।
अर्थतन्त्रमा सुधार गर्न बीपीले प्रधानमन्त्री हुँदा गरेको भूमिसुधार, बनको संरक्षण उपयोग, सहकारिता, दीर्घकालिन विकासका मोडल,भ्रष्टाचारमा व्यवहारिक रुपमा सहनशिलता र जनताप्रति उत्तरादायी शासन प्रणाली कस्तो हुनुपर्छ भनेर देखाएको उदाहरण आज पनि हरेक सरकारका लागि नजिर भएका छन् ।
राष्ट्रियताको मर्म, भावना, बुझाई र गराई कस्तो हुनुपर्छ भनेर बीपीले छिमेकी राष्ट्र चीन र भारतसँग गरेको व्यवहारलाई ऐतिहासिक रुपमा लिन सकिन्छ । बिपीले सगरमाथा नेपालको हो भनेर स्वीकार्न चिनियाँ राष्ट्रपति माओत्से तुङलाई राजि गराउनेदेखि नेपालको सुरक्षाको विषयमा भारतले चिन्ता लिनु पर्दैन नेपाल सक्षम छ भनेर आफ्ना राजनीतिक सहकर्मी तथा मित्र तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुलाई दिएको जवाफ र नेहरुले भारतीय सदनमा गल्ती स्वीकार गरेको घटना नेपालको कुटनीतिक क्षेत्रका ऐतिहासक घटना हुन् । त्यसैले विपीको योगदानलाई सम्झँदै उनीप्रति भावपूर्ण श्रद्धासुमन । नयाँ विकल्प साप्ताहिकबाट
केही दिन यता नेपाली सेनाको विषयलाई लिएर सार्वजनिक टिकाटिप्पणी गरिँदैछ । सेना अर्थात देश र देशवासीको रक्षा र सुरक्षाको लागि...
यो वर्षको मनसुन शुरुवातसँगै देशका विभिन्न भागमा भारी वर्षातपछि आएको बाढी र पहिरोबाट जन–धनको क्षति हुन थालेको छ । यस्तो...
प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियतामा आज चार दल सहभागी समाजबादी मोर्चाको घोषणा हुँदैछ । तर...