काठमाडौं। संविधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङको पार्थिव शरीरको अन्त्येष्टि पर्सि (बिहीबार) बिहान ११ बजे गरिने भएको छ।
नेम्वाङका दुई छोराहरु बुधबार अपरान्ह मात्र नेपाल आइपुग्ने भएपछि उनको अन्तिम संस्कार बिहिबार मात्र गरिने भएको हो।
सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक विदा दिने निर्णय गरेको छ। एमालेले पनि शोकमा पार्टीका अन्य सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ। एमालेले पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ।
बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि दिउँसो ४ बजेपछि मात्रै नेपाल आइपुग्दै छन्। १५ दिन अघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने आजै राति ११ बजे काठमाडौं पुग्नेछन्।
छोराहरू आएपछिमात्रै अन्त्येष्टि गर्ने परिवारले आग्रह गरेका कारण भोलि दिउँसो १२ बजेसम्म नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यलय च्यासलमा राखिने र त्यसपछि निवासमा लागिने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
नेम्वाङका श्रीमती २ छोरी र २ छोरा छन्। छोरीहरू भने काठमाडौंमा नै छन्। नेम्वाङको हृदयघातका कारण सोमबार राति ३ बजे शिक्षण अस्पताल महाराजगञ्जले मृत घोषणा गरेको थियो।
घरमा लगेपछि उनको किराँत संस्कृति अनुसारको कर्म गरी विहीबार मात्र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...