काठमाडौं। न्याय सेवा आयोगले जिल्ला न्यायाधीश २९ पदमा नियुक्ति गर्नका लागि दरखास्त आव्हान गरे बमोजिम लिखित परीक्षामा २११ जना परिक्षार्थी भाग लिए पनि एक जना मात्र उत्तीर्ण भएका छन्।
गत साउन १६ गतेदेखि २० गतेसम्म संचालित परीक्षामा २११ जना सहभागी भए पनि पारशमणि पोखरेलले मात्र लिखित परिक्षा उतिर्ण गर्न सफल भएका छन्।
न्याय सेवा आयोगले आइतबार जारी गरेको सूचना अनुसार परीक्षा दिएका मध्ये जिल्ला न्यायाधीशको पदमा पारसमणि पोखरेलको मात्र नाम उत्तीर्ण सूचीमा राखेपछि उनी एक मात्र जिल्ला न्यायाधीश बन्ने भाग्यमानि बनेका छन्।
न्याय सेवा आयोगले आन्तरिक खुल्ला, खुल्ला, महिला, जनजाति, मधेसी र दलित गरेर २९ जना जिल्ला न्यायाधीशको लागि विज्ञापन खुलाएको थियो। तर, परीक्षा दिएका २११ जना अनुत्तीर्ण भएसँगै विज्ञापन खोलिएका पदपूर्ति हुन सकेन।
लिखित परीक्षामा उत्तीर्ण भएका पोखरेलको सोमबार अन्तर्वार्ता हुने आयोगले जानकारी दिएको छ।
यसअघि पनि जिल्ला न्यायाधीश पदका लागि भएको परीक्षामा परीक्षार्थीहरुबाट थौरै मात्रै उत्तीर्ण हुने गरेका थिए।
संविधानको धारा २४९ (२) को खण्ड (ख) र (ग) बमोजिम कूल रिक्त पदहरुमध्ये ४० प्रतिशत पदमा कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित द्वितिय श्रेणी (उपसचिव) को पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्ये खुला प्रतिष्पर्धाबाट पदपूर्ती हुने व्यवस्था छ।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...