
काठमाडौं। नेपालमा जारी साफ अण्डर–१९ च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमाप्रवेश गरेको छ।
दशरथ रंगशालामा आज भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ३–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।
सेमिफाइनल खेलमामा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ। आजको खेलमा नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले १–१गोल गरे।
प्रशान्तले १६औं मिनेटमा गरेको लङ रेञ्ज प्रहार पोस्टको माथिल्लो भागबाट जाली चुम्न पुगेको थियो। यस्तै २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए।
तर ५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्कायो। ८८औं मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ३–१ ले जित निकालेका थिए।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...