माईक्रो बस चोरेर भागेका श्रेष्ठ सवारीसहित पक्राउ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper
नयाँ विकल्प डटकमको समाचार प्रभाव

माईक्रो बस चोरेर भागेका श्रेष्ठ सवारीसहित पक्राउ

काठमाडौं । गत विहीबार काठमाडौंको सुकेधारास्थित धोबीखोला किनाराबाट साँझपख हराएको हायस माईक्रो बस चोरी गर्ने श्याम श्रेष्ठलाई प्रहरीले सवारी साधनसहित सोमबार पक्राउ गरेको छ।

उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म चल्ने बा.५ख ५२८० नम्वरको यात्रुवाहव माईक्रो बसका चालक राजु साह खाना खान गएको मौका छोपेर रामेछाप स्थायी घर भएका श्याम श्रेष्ठले चोरेर भागेका थिए।

श्रेष्ठसहित माइक्रो बसलाई प्रहरीले टोखा नगरपालिका वडा नम्वर ३स्थित चण्डेश्वरीबाट पक्राउ गरेको हो।

हराएको सवारी खोजि दिन ट्राफिक कार्यालयमा उजुरी दिएका सवारी चालकसमेत रहेका सवारी धनी राजु साहले यातायात व्यवसायीहरुको सहयोग र सल्लाहमा श्रेष्ठलाई पक्राउ गर्न सकिएको बताए।

सवारी लिएर भागेका श्रेष्ठले माईक्रो बसमा जडान भएको ब्याट्री र अन्य बहुमुल्य उपकरणहरु चोरी गरेको गुनासो गरेका छन्।

पक्राउ परेका श्रेष्ठलाई महानगरिय प्रहरी बृत्त महाराजगंजमा राखेर अनुसन्धान भइरहेको छ। नयाँ विकल्प डटकमले सो सो सवारीको नम्वरसहित तस्वीर भएको माईक्रो बस राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस  शीर्षकमा समाचार प्रकाशित गरेको थियो। समाचार प्रकाशित गरेपछि स्थानीयले टोखामा सो माइक्रो देखेपछि टोखाको प्रहरीलाई खबर गरेका थिए।

 

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८० आश्विन १५, २०: ३९

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८० आश्विन १५, २०: ३९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० आश्विन १५, २०: ३९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...