
काठमाडौं । इजरायलमा प्यालेस्टाइनको अतिवादी समूह हमासको आक्रमणबाट १० जना नेपालकाका विद्यार्थीहरु मारिएसँगै त्यहाँ रहेका वाँकी विद्यार्थीहरुले नेपाल फिर्तीको माग गरेका छन् ।
नेपालका तीन वटा त्रिभुवन विश्वविद्याल, कृषि तथा बन विज्ञान विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका गरी २६५ जना विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत इजरायलको विभिन्न स्थानमा रहेका छन् ।
इजरायल र हमासको युद्धको चपेटामा परेर त्यहाँ बंकरमा बस्न बाध्य नेपाली विद्यार्थीहरुमध्ये कृषि तथा बन विज्ञान विश्वविद्यालयका विद्यार्थी सुजन भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेख्दै आफूहरुलाई स्वदेश फिर्ताको व्यवस्थ ागर्न अनुरोध गरेका छन्।
हेर्नुस्, प्रधानमन्त्रीलाई विद्यार्थी सुजन भण्डारी पत्र–
२०८०–०६–२२
श्रीमान प्रधानमन्त्रीज्यू,
नेपाल सरकार ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिनै लागेका विद्यार्थीहरु ११४ जना अहिले हामी इजरायल र हमासको द्वन्द्वको चपेटामा फसेका छौं।
११ महिनामा यस देशबाट केही सीप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किदै गइरहेको छ। हाम्रो आत्मबल घट्दै गइरहेको छ, हामी मानसिक तनावमा फस्न आटिरहेका छौं। अव धेरै सोच्ने परिस्थिति पनि वाँकी रहेन। आकाशमा चरा उडेको देशका हामी आज मिसाइल र फाइटर प्लेन देख्नु परेको छ।
तिहारमा पटका पड्किना साथ रमाउँदै हेरेका हामी आज आफु अगाडि बन्दुक पड्किरहेको देखेर त्रसित छौं। बंकरमा लुग्यो बने बंकर भित्र नै छिरेर आक्रमण भइरहेको छ।
हाम्रा सुदूरपश्चिम विश्वविद्यायलका सहपाठी साथिको निधनले छाति चिरिएको छ । हामी स्तव्ध छौं । हमलामा पर्यो भने गोली निल्नुको अर्को विकल्प केही पनि छैन। लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुध्नु परेको छ।
नखाउँ भने भोक र प्यास लाग्छ, खाउँ भने वाहिर शौचालय जान डर लाग्छ। आक्रमण हवाई, जमिन, जमिनमुनी सबैतिर भइरहेको छ। विभिन्न देशको समर्थनले गर्दा युद्ध यत्तिकै रोकिने अवस्थामा पनि छैन। यो युद्ध लामो छ । हामीलार्य भर्खरै हाम्रो देश फर्कन मन छ।
आदरणीय प्रधानमन्त्रीज्यू, अवको हाम्रो आशा पनि तपाइँ नै हो, भरोसा पनि तपाइँ नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देशमा नै रमाउने छौं। हामी वनेपालको ३ विश्वविद्यालयबाट यहाँ आएका छौं । १) कृषि तथा बन विज्ञान विश्वविद्यालय, २) त्रिभुवन विश्वविद्यालय, ३) सुदूरपश्चिम विश्वविद्यालय ।
सँगसँगै यहाँ अन्य विद्यार्थीहरु र नेपाली नागरिक हुनुहुन्छ। छिटोभन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीको प्रत्याभूति तपाइँले अवश्य गराउनुहुनेछ। यो हाम्रो तपाइँप्रतिको विश्वास हो, यही विश्वासमा नै हाम्रो साश अडिएको छ।
(युद्धको चपेटामा परेको नेपाली – सुरज भण्डारी)
कृषि तथा बन विज्ञान विश्वविद्यालय,
हालको ठेगाना –कडेस बरनेअ इजरायल
नेपालको ठेगानाः अन्नपूर्ण गाउँपालिका –२, काश्की


ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...