इजरायलबाट एक विद्यार्थीको पत्र प्रधानमन्त्रीलाई – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

इजरायलबाट एक विद्यार्थीको पत्र प्रधानमन्त्रीलाई

काठमाडौं । इजरायलमा प्यालेस्टाइनको अतिवादी समूह हमासको आक्रमणबाट १० जना नेपालकाका विद्यार्थीहरु मारिएसँगै त्यहाँ रहेका वाँकी विद्यार्थीहरुले नेपाल फिर्तीको माग गरेका छन् ।

नेपालका तीन वटा त्रिभुवन विश्वविद्याल, कृषि तथा बन विज्ञान विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका गरी २६५ जना विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत इजरायलको विभिन्न स्थानमा रहेका छन् ।

इजरायल र हमासको युद्धको चपेटामा परेर त्यहाँ बंकरमा बस्न बाध्य नेपाली विद्यार्थीहरुमध्ये कृषि तथा बन विज्ञान विश्वविद्यालयका विद्यार्थी सुजन भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेख्दै आफूहरुलाई स्वदेश फिर्ताको व्यवस्थ ागर्न अनुरोध गरेका छन्।

हेर्नुस्, प्रधानमन्त्रीलाई विद्यार्थी सुजन भण्डारी पत्र–

२०८०–०६–२२

श्रीमान प्रधानमन्त्रीज्यू,
नेपाल सरकार ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिनै लागेका विद्यार्थीहरु ११४ जना अहिले हामी इजरायल र हमासको द्वन्द्वको चपेटामा फसेका छौं।

११ महिनामा यस देशबाट केही सीप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किदै गइरहेको छ। हाम्रो आत्मबल घट्दै गइरहेको छ, हामी मानसिक तनावमा फस्न आटिरहेका छौं। अव धेरै सोच्ने परिस्थिति पनि वाँकी रहेन। आकाशमा चरा उडेको देशका हामी आज मिसाइल र फाइटर प्लेन देख्नु परेको छ।

तिहारमा पटका पड्किना साथ रमाउँदै हेरेका हामी आज आफु अगाडि बन्दुक पड्किरहेको देखेर त्रसित छौं। बंकरमा लुग्यो बने बंकर भित्र नै छिरेर आक्रमण भइरहेको छ।

हाम्रा सुदूरपश्चिम विश्वविद्यायलका सहपाठी साथिको निधनले छाति चिरिएको छ । हामी स्तव्ध छौं । हमलामा पर्यो भने गोली निल्नुको अर्को विकल्प केही पनि छैन। लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुध्नु परेको छ।

नखाउँ भने भोक र प्यास लाग्छ, खाउँ भने वाहिर शौचालय जान डर लाग्छ। आक्रमण हवाई, जमिन, जमिनमुनी सबैतिर भइरहेको छ। विभिन्न देशको समर्थनले गर्दा युद्ध यत्तिकै रोकिने अवस्थामा पनि छैन। यो युद्ध लामो छ । हामीलार्य भर्खरै हाम्रो देश फर्कन मन छ।

आदरणीय प्रधानमन्त्रीज्यू, अवको हाम्रो आशा पनि तपाइँ नै हो, भरोसा पनि तपाइँ नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देशमा नै रमाउने छौं। हामी वनेपालको ३ विश्वविद्यालयबाट यहाँ आएका छौं । १) कृषि तथा बन विज्ञान विश्वविद्यालय, २) त्रिभुवन विश्वविद्यालय, ३) सुदूरपश्चिम विश्वविद्यालय ।

सँगसँगै यहाँ अन्य विद्यार्थीहरु र नेपाली नागरिक हुनुहुन्छ। छिटोभन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीको प्रत्याभूति तपाइँले अवश्य गराउनुहुनेछ। यो हाम्रो तपाइँप्रतिको विश्वास हो, यही विश्वासमा नै हाम्रो साश अडिएको छ।

(युद्धको चपेटामा परेको नेपाली – सुरज भण्डारी)
कृषि तथा बन विज्ञान विश्वविद्यालय,
हालको ठेगाना –कडेस बरनेअ इजरायल
नेपालको ठेगानाः अन्नपूर्ण गाउँपालिका –२, काश्की

सम्बन्धित समाचार

आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
  • २०८० आश्विन २२, १८: १४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...

पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
  • २०८० आश्विन २२, १८: १४

काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...

संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
  • २०८० आश्विन २२, १८: १४

जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...