मन्त्री गैरजिम्मेवार हुँदा बिपी स्वास्थ्य प्रतिष्ठानका १४० चिकित्सकले दिए सामूहिक राजीनामा – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

मन्त्री गैरजिम्मेवार हुँदा बिपी स्वास्थ्य प्रतिष्ठानका १४० चिकित्सकले दिए सामूहिक राजीनामा

धरान । सरकारका कारण वृत्ति विकास रोकिएको भन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।

विगत ७ वर्षदेखि बढुवा रोकिएको भन्दै चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामा पत्र बुझाएका हुन्।

चिकित्सकहरूले स्वास्थ्य मन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासो सहित ज्ञापनपत्र बुझाएका थिए।

तर, आफूहरूको मागप्रति मन्त्री बस्नेत गैरजिम्मेवार बनेपछि राजीनामा दिनुपरेको प्रतिष्ठानका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिए।

उनीहरूले प्रतिष्ठानमा चिकित्सकको धेरै दरबन्दी खाली भएर पनि विगत सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको र दुई वर्षयता मात्र ५० भन्दा बढी दक्ष चिकित्सकहरूले प्रतिष्ठान छाडेको बताएका छन्।

यस्तै विभिन्न विभागमा प्रोफेसर तहका चिकित्सक अभाव भएर प्रतिष्ठानको पठनपाठनमा असर परेको बारेमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए। तर, मन्त्री बस्नेत जिम्मेवार भएर प्रस्तुत नभएको डा. रिमालले बताए।

 

 

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० आश्विन २५, १७: ४६

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८० आश्विन २५, १७: ४६

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० आश्विन २५, १७: ४६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...