अनियमितता गरेको भन्दै ट्रमा सेन्टरका प्रमुख रिजालविरुद्ध अख्तियार र प्रधानमन्त्री कार्यालयमा उजुरी – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

अनियमितता गरेको भन्दै ट्रमा सेन्टरका प्रमुख रिजालविरुद्ध अख्तियार र प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौं। राष्ट्रिय ट्रमा सेन्टरको ल्याबमा प्रयोग हुने किट खरिदमा अनियमितता गरेको भन्दै सेन्टरका प्रमुख डा. बद्री रिजालविरुद्ध प्रधानमन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

कर्मचारी भर्नामा लेनदेन गरेको ठेक्का प्रकरणमा सेटिङ गरेको, आन्तरिक सरुवामा मेडिकल माफियाको स्वार्थ अनुकुल काम गरेको, मोडुलर ओटिमा करिव २ करोड अनियमितता गरेको तथा अस्पतालका बिरामि निजीमा पठाउने काम गरेको भन्दै सेन्टरका प्रमुख रिजालविरुद्ध उजुरी परेको हो।

रिजालले रोग पत्ता लगाउन प्रयोग हुने ल्याबको किट खरिदका लाग रिएजेन्टको मिलेमतोमा भ्रष्टाचार गरी आफूनिकट ‘डिसोभन’ ओम सर्जिकललाई दिने गरी टेण्डर खुलाएको भन्दै अख्तियारमा उजुरी परेको हो।

उजुरीमा रिजालले रोग पत्ता लगाउन प्रयोग हुने प्रयोगशालाको कीट खरिद गर्दा, रिएजेण्टहरुसँगको मिलेमतोमा अफूनिकटको डिसओभन ओम सर्जिकललाई दिने गरी भदौ २० गते टेण्डर आव्हान गरेका थिए।

सो टेण्डरको अन्तिम म्याद भने यही असोज १९ गते थियो। रिजालले ल्याबका विभिन्न ३४ किसिमका सामानहरु खरिदका लागि आफूनिकट व्यवसायीलाई मात्रै फाइदा हुने गरी विश्व स्वास्थ्य संघको प्रिक्वारिफाइड भनेर माग गरिए पनि भारतबाट उत्पादित सामाग्री ल्याउने गरी आफूनिकट ‘डिसोभन’ ओम सर्जिकललाई खरिद गर्न दिई करोडौं भ्रष्टाचार गर्न लागेको जनाइएको छ ।

डा. रिजाल निर्देशकमा नियुक्ति भएपछि पनि आफ्नै निजी अस्पतालमा बिरामी जाँच्न जाने गरेको समेत आरोप लाग्ने गरेको छ। साथै उनले व्यवस्थापनको जानकारी बिना कर्मचारी नियुक्त गर्ने, आफू निकटलाई टेण्डरका लागि सेटिङ गर्ने गरेको पनि वीर अस्पतालका एक कर्मचारीले बताए ।

त्यसबारेमा डा. रिजालसँग सम्पर्क गर्न खोज्दा सम्भव भएन । उजुरीमा किट माग गर्दा रिजालले आफूनिकटको डिसओभन, ओम सर्जिकल र भण्डारी सर्जिकलमध्ये कुनैलाई दिएर करोडौं कमिसन लिने तयारी गरिरहेको जनाइएको छ।

प्रमुख रिजालले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेताको नाम बेचेर टेण्डर आफूले चाहेको कम्पनीवाहेक अरुलाई दिँदिन भन्दै खुलम खुल्ला भन्न थालेका छन् ।

गुणस्तरहिन किट ल्याएर विरामीको स्वास्थ्यमा गम्भीर खेलवाड गर्न लागेको भन्दै ट्रमा सेन्टरका बरिष्ठ शल्य चिकित्सक र ल्याव कर्मचारीले आवाज उठाएका छन् ।

उनीहरुले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले छानबिन गर्नु पर्ने माग गरेका छन् ।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
  • २०८० आश्विन २७, २२: ४०

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० आश्विन २७, २२: ४०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८० आश्विन २७, २२: ४०

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...