आईसीसी क्रिकेट विश्वकपमा नेदरल्याण्डद्वारा दक्षिण अफ्रिका पराजित – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

आईसीसी क्रिकेट विश्वकपमा नेदरल्याण्डद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं। आइसीसी क्रिकेट विश्वकपमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेको छ।

मंगलबार राति सम्पन्न खेलमा नेदरल्याण्डसले दक्षिण अफ्रिकालाई ३८ रनले हराएको हो। नेदरल्याण्डसले दिएको २४६ रनको लक्ष्य पछ्याएको खेलमा दक्षिण अफ्रिका ४२ दशमलव ५ ओभरमा अल आउट हँुदै २०७ रन मात्र बनाउन सक्यो।

विश्वकपमा नेदरल्याण्ड्सको यो पहिलो जित हो। नेदरल्याण्डसले निर्धारित ४३ ओभरमा ८ विकेट गुमाउदै २४५ रन बनाएको थियो। बर्षाले प्रभावित भएपछि यो खेल ४३ ओभर खेलाइएको थियो।

यसअघि अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन ईङल्याण्डलाई पराजित गरेको थियो भने यस खेलमा नेदरल्याण्डसले बलियो मानिएको दक्षिण अफ्रिकालाई पराजित गरेको छ।

यस अघि लागातार दुई खेलमा हार बेहोरेको नेदरल्याण्डसको यो यस विश्वकपमा पहिलो जित हो। यो जितपछि नेदरल्याण्डसको ३ खेलमा २ अंक भएको छ। त्यसैगरी दक्षिण अफ्रिकाको ३ खेलमा ४ अंक रहेको छ।

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल
प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल
  • २०८० कार्तिक १, १४: ३१

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित...

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा
सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा
  • २०८० कार्तिक १, १४: ३१

सिरहा : सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ । कारागारको आन्तरिक प्रशासन कब्जा...

परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबीच भेटवार्ता
  • २०८० कार्तिक १, १४: ३१

काठमाडौं : नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार सिंहदरबारस्थित...