त्रिकोणात्मक टी २० : यूएईले दियो नेपाललाई १४१ रनको लक्ष्य – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

त्रिकोणात्मक टी २० : यूएईले दियो नेपाललाई १४१ रनको लक्ष्य


काठमाडौं । त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोड्यो। यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए।

यस्तै अली नासिरले पनि ३२ रन जोडे। हमिद र नासिरबीच पाचौँ विकेटका लागि ५६ रनको साझेदारी भएको थियो। ५२ रनमा ४ विकेट गुमाएको अवस्थामा उनीहरुले अर्धसतकीय साझेदारी गरेका हुन्। नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एक विकेट हात पारे। करनले चार ओभरमा केवल १९ रन खर्चिए।

विश्वकप छनोटका तयारीका लागि नेपालले यो प्रतियोगिता आयोजना गरेको हो। नेपालले हङकङसँग पनि प्रतिस्पर्धा गर्ने भएको छ।

सम्बन्धित समाचार

मध्यपूर्व तनावले लिग–२ को सिरिज स्थगित
मध्यपूर्व तनावले लिग–२ को सिरिज स्थगित
  • २०८० कार्तिक १, १५: ३६

काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ। नेपाल क्रिकेट संघ (क्यान)...

कांग्रेसले गर्‍यो साम्बाको उपचारका लागि ५ लाख सहयोग
कांग्रेसले गर्‍यो साम्बाको उपचारका लागि ५ लाख सहयोग
  • २०८० कार्तिक १, १५: ३६

काठमाडौँ : नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारको लागि ५ लाख आर्थिक सहयोग गरेको...

साम्बाद्वारा उपचारका लागि सहयोगको अपिल
साम्बाद्वारा उपचारका लागि सहयोगको अपिल
  • २०८० कार्तिक १, १५: ३६

काठमाडौं : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ले घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको...