शेयर बजारमा हरियाली – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

शेयर बजारमा हरियाली


काठमाडौं । शेयरबजार दोहोरो अंकको वृद्धि देखिएको छ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से ४३.२७ अंकले बढेर १९०७ बिन्दुमा रोकिएको नेप्सेले जनाएको छ ।

आज कारोबार भएका २२३ कम्पनीको शेयरमूल्य बढेको छ भने १० कम्पनीको शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । आज नेप्सेमा ३७ लाख ७२ हजार २३ कित्ता शेयर किनबेच भएको छ ।

आशा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबारमा सर्किट लाग्दा प्रतिकित्ता शेयरमूल्य सर्वाधिक ६६ रुपैयाँले बढेर ७२६ रुपैयाँ पुगेको छ । यस्तै, इन्फिनिटी लघुवित्त वित्तीय संस्ठाको प्रतिकित्ता शेयरमूल्य पनि ६२ रुपैयाँले बढेर ६८४ रुपैयाँ कायम भएको छ ।

बीपीडब्ल्यू लघुवित्तको शेयरमूल्य ४० रुपैयाँ ९० पैसाले घट्दै ८४४ रुपैयाँ १० पैसा कायम भयो । एनआइबीएल समृद्धि फण्ड(२ को शेयरमूल्यमा पनि दोस्रो सर्वाधिक गिरावट हुँदा प्रतिइकाइ मूल्य ७ रुपैयाँ ६ पैसामा सीमित भएको छ ।

आज सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै भयो । सो कम्पनीको चार करोड ४६ लाख ४ हजार ९३५ रुपैयाँ ८० पैसा बराबरको शेयर कारोबार भएको हो ।

शेयरबजार ठोस कारणबिनै लगातार दोस्रो दिन बढेको हो । बैंकहरूले ब्याजदर घटाएको तथा चाडबाड लागेकाले लगानीकर्ता केन्द्रित हुँदा बजार बढेको तर्क कारोबारीहरूले गरेका छन्‌ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमीशन घटाउने निर्णय पनि गरेको नेप्सेले जनाएकाे छ ।

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
  • २०८० कार्तिक १, १५: ४३

काठमाडौंः मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य रु दुई हजारले बढेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८० कार्तिक १, १५: ४३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको...

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०८० कार्तिक १, १५: ४३

काठमाडौँः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ८०० र चाँदी...