गाजास्थित अस्पतालमा आक्रमण हुँदा ५सयको मृत्युः जिहादको हात रहेको इजरायलको दाबी – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

गाजास्थित अस्पतालमा आक्रमण हुँदा ५सयको मृत्युः जिहादको हात रहेको इजरायलको दाबी

काठमाडौं। इजरायल र हमास बीच युद्ध शुरु भएको १२ औं दिनमा हजारौंले ज्यान गुमाउनुका साथै भौतिक संरचनामा क्षति पुगेको छ। युद्धका कारण दुवै देशले धेरै नोक्सानी बेहोरेका छन्।

हमासको नियन्त्रणमा रहेको प्यालेस्टाइनको गाजापट्टी क्षेत्रको एक अस्पतालमा भएको बम विस्फोटमा परी करिव ५ सय प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ। अस्पतालमा भएको हमलासहित अन्य विष्फोट, गोलाबारी आदिमा परी गाजापट्टीमा कुल तीन हजार पाँच सय जनाको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन्।

गाजाको स्वास्थ्य मन्त्रालयले अल अहली ब्याप्टिस्ट अस्पतालमा कम्तीमा पाँच सय जनाको ज्यान गएको बताएको छ। जसमध्ये धेरै महिला र बालबालिका छन्। संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित शरणार्थीहरूको आवासीय विद्यालयमा पनि आक्रमण भएको थियो।

गाजामा प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले टेलिग्राममा अरबी भाषामा पोष्ट गरेको विज्ञप्तिमा अल अहली ब्याप्टिस्ट अस्पतालमा भएको आक्रमणमा मारिने अधिकांश बालबालिका र महिला रहेको बताए। प्रवक्ताले पीडितको संख्या मेडिकल स्टाफ र एम्बुलेन्सको क्षमताभन्दा बाहिर रहेको बताए।

यसैबीच, इजरायली सेनाले अल अहली ब्याप्टिस्ट अस्पतालमा भएको बम विष्फोटको पछाडि इस्लामिक जिहादको हात रहेको प्रमाणित गर्न भिडियो फुटेज जारी गर्ने दाबी गरेको छ।

यसबाहेक इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाको अस्पतालमा भएको हमला आइडीएफले नभई आतंकवादीहरूले गरेको हो भन्ने कुरा सारा विश्वले जान्नुपर्दछ भन्ने प्रतिक्रिया दिएका छन्।

पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म १४ सय इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३९९ घाइते भएका छन्।

सम्बन्धित समाचार

सरकारलाई श्रम संस्कृति पार्टीको ३३ बुँदे सुझाव
सरकारलाई श्रम संस्कृति पार्टीको ३३ बुँदे सुझाव
  • २०८० कार्तिक १, १७: ५६

काठमाडौं : श्र‍म संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई ३३ बुँदे सुझाव दिएका छन् । मंगलबार उनले पत्रकार सम्मेलनमार्फत परराष्ट्र नीति, शिक्षा,...

प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल
प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल
  • २०८० कार्तिक १, १७: ५६

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित...

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा
सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा
  • २०८० कार्तिक १, १७: ५६

सिरहा : सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ । कारागारको आन्तरिक प्रशासन कब्जा...