नेपालद्धारा साउदीलाई ३४८ रनको लक्ष्य – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

नेपालद्धारा साउदीलाई ३४८ रनको लक्ष्य


काठमाडौँ । एसीसी य-१९ प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ३ सय ४८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

मलेसियाको वाईएसडी युकेएम टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४७ रन बनायो। नेपालका लागि सर्वाधिक रन अर्जुन कुमालले बनाए। उनले १७ चौकाको मद्दतमा १११ रन खेल्दै १४२ रन बनाए। आकाश त्रिपाठी ८९ रन बनाएर आउट भए। उनले ९ चौका र ६ छक्का हाने।

दोस्रो विकेटका लागि अर्जुन र आकाशले १ सय ८९ रनको साझेदारी गरे। ओपनर दिपक बोहोरा २९ रन बनाएर आउट हुँदा विक्रम केसी २४ रनमा नटआउट भए।

त्यस्तै दीपकप्रसाद डुम्रेले १४ रन बनाए। दिपेश कंडेल १४ रनमा क्रिजमा रहे। कप्तान देव खनाल शून्यरनमा आउट भए। यस्तै मिलन बोहोरा ९ रन बनाएर पेभिलिएन फर्किए। नेपालले २६ रन अतिरिक्त पाएको थियो।

साउदीका बलर मोहम्मद अहमद राजा र मोहम्मद गयुर अहमदले समान २र२ विकेट लिए। अब्दुल सिराज, जुहेर मोहम्मद र साजिब मुजिबुर रहमानो नाममा एक एक विकेट रह्यो।

सुरुवाती दुवै खेल जितेका नेपाल र साउदी समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्ने योजनामा छन्। एसिया कप पुग्ने सम्भावना कायमै राख्न दुवै टोलीलाई जित अनिवार्य छ ।

आफ्नो दोस्रो खेलमा बायाँ हाते युवा स्पिनर दीपेश कँडेलले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको थियो । त्यसअघि नेपालले इरानलाई २ सय ७४ रनले हराएको थियो।

मलेसिया जानुअघि नै नेपालले यू-१९ प्रिमियर कपको च्याम्पियन हुँदै यू-१९ एसिया कपमा छनोट हुने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचार

गोपालमानले गगनलाई भने- ‘छाड्ने होइन, फेरि कांग्रेस रूपान्तरणको अभियानमा अघि बढौं’
गोपालमानले गगनलाई भने- ‘छाड्ने होइन, फेरि कांग्रेस रूपान्तरणको अभियानमा अघि बढौं’
  • २०८० कार्तिक २, ११: २८

काठमाडौं : नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिइ नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न आग्रह गरेका...

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै
प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै
  • २०८० कार्तिक २, ११: २८

काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम...

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
  • २०८० कार्तिक २, ११: २८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगीसँगै जोडिएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा...