साउदीअरेबियालाई ३०१ रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

साउदीअरेबियालाई ३०१ रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा


काठमाडौं । यू–१९ प्रिमियर कपको समूह चरणमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । आज साउदी अरेबियालाई १९.१ ओभरमा ४६ रनमा अलआउट गर्दै नेपालले साउदी अरेबियामाथि ३०१ रनको फराकिलो जित निकालेको हाे ।

नेपालका लागि दिपेश कँडेलले ९.१ ओभर बलिङ गरेर ६ विकेट लिए । अर्का स्पिनर सुवास भण्डारीले ५ ओभर बलिङ गरेर एक विकेट लिए । साउदी अरेबियाले ६ विकेट गुमाउँदा जम्मा १८ रन बनाएको थियो । अब्दुल्लाह सिराजले सर्वाधिक ९ रन जोडे । १० औं नम्बरमा आएका ब्याटर वरुण मुदलियाले बनाएको ११ रन नै साउदीका खेलाडीले जोडेको सर्वाधिक स्कोर रह्यो । उनी २० औं ओभरको पहिलो बलमा दिपेशको बलमा आकाश त्रिपाठीबाट क्याच आउट भएका थिए ।

नेपालका तीव्र गतिका बलर आकाश चन्दले ३ ओभर बलिङ गर्दा १४ रन खर्चेर २ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमालको शतकमा ३४७ रन बनाएको थियो ।

ओपनर ब्याटर अर्जुन कुमालले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रन बनाए । उनले एक खेलमा सार्वधिक रन बनाउने नेपाली खेलाडीको कीर्तिमान पनि बनाएका छन् ।

अर्जुनले दीपक बोहरासँग पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि आकाश त्रिपाठीसँग १५५ रनको साझेदारी गरे । कप्तान देव खनाल भने डक आउट हुन पुगे । दीपक बोहरा २९ रन र विशालबिक्रम केसी २४ रनमा अविजित रहे ।

साउदी अरेबियाका मोहम्मद अहमद र अहमद राजाले दुई/दुई विकेट लिए । जुहैर मोहम्मद सजिव मुजिबुर रहमानले एक/एक विकेट लिए ।

सम्बन्धित समाचार

गोपालमानले गगनलाई भने- ‘छाड्ने होइन, फेरि कांग्रेस रूपान्तरणको अभियानमा अघि बढौं’
गोपालमानले गगनलाई भने- ‘छाड्ने होइन, फेरि कांग्रेस रूपान्तरणको अभियानमा अघि बढौं’
  • २०८० कार्तिक २, १३: ४७

काठमाडौं : नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिइ नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न आग्रह गरेका...

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै
प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै
  • २०८० कार्तिक २, १३: ४७

काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम...

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
  • २०८० कार्तिक २, १३: ४७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगीसँगै जोडिएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा...