रुसले गाजामा २७ टन खाद्यन्न पठायो – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

रुसले गाजामा २७ टन खाद्यन्न पठायो


एजेन्सी । रुसले बिहीबार गाजापट्टीमा सर्वसाधारणका लागि इजिप्टबाट २७ टन मानवीय सामग्री पठाएको मस्कोको आपत्कालीन मन्त्रालयले बताएको छ ।

‘मस्को नजिकैको रामेन्स्कोये विमानस्थलबाट इजिप्टको अल अरिशतर्फ एक विशेष विमानले उडान भरेको छ, गाजापट्टीमा पठाउनका लागि रुसी मानवीय सामग्री इजिप्टको रेड क्रिसेन्टलाई हस्तान्तरण गरिने छ’, उपमन्त्री इल्या डेनिसोभले एक विज्ञप्तिमा भने । उनका अनुसार मानवीय सामग्रीमा गहुँ, चिनी, चामल र पास्ता पठाएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्‍याउन अनुमति दिने एक सम्झौता सुरु गरेका छन् । गाजाबाट इजराइली हमलाका बीच १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडी भागेका छन् ।

इजराइलमा प्रत्यक्ष भेटवार्ता र इजिप्टसँग गहन टेलिफोन वार्तापछि इजिप्टबाट गाजामा प्रवेश गर्नका लागि बन्द भएको रफाह पार गर्न शुक्रबारदेखि सीमित सङ्ख्यामा ट्रकहरूलाई अनुमति दिइने बाइडेनले बताए ।

सम्बन्धित समाचार

इरानसँगको युद्धमा १४० अमेरिकी सैनिक घाइते
इरानसँगको युद्धमा १४० अमेरिकी सैनिक घाइते
  • २०८० कार्तिक २, १४: ४६

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा करिब १४० अमेरिकी सैनिक घाइते भएको अमेरिकाको रक्षा मन्त्रालय ‘पेन्टागन’ले दिएको छ ।पेन्टागनका प्रवक्ता...

जसपा नेपालका उम्मेदवार रणबीर क्षेत्रीले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी नानु बास्तोला जित नजिक
जसपा नेपालका उम्मेदवार रणबीर क्षेत्रीले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी नानु बास्तोला जित नजिक
  • २०८० कार्तिक २, १४: ४६

काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिदै नेपाली कांग्रेसकी...

संयुक्त राष्ट्रसंघद्वारा सबै पक्षलाई ‘विवेक प्रयोग गर्न’ आग्रह
संयुक्त राष्ट्रसंघद्वारा सबै पक्षलाई ‘विवेक प्रयोग गर्न’ आग्रह
  • २०८० कार्तिक २, १४: ४६

काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले मध्यपूर्वमा शनिबार भएका आक्रमणहरूको निन्दा गर्दै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गरेका...