शेयर बजारको ओरालो यात्रा कायमै – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

शेयर बजारको ओरालो यात्रा कायमै


काठमाडौं । शेयर बजार बिहीबार ओरालो लागेको छ । आज नेप्सेमा ४.०५ अंकको गिरावट आएको जनाइएको छ ।

नेप्से सूचक १९०३.८४ बिन्दुमा झरेको छ । आजको कारोबारमा जम्मा ८० कम्पनीको शेयरमूल्य वृद्धि भए पनि १५० कम्पनीको मूल्यमा भने गिरावट आएको छ । ६ कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन आएको छैन ।

बिहीबार ९७ करोड ६१ लाख रुपैयाँको कारोबार हुँदा सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्‌ । अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले प्रतिकित्तामा २२ रुपैयाँ गुमाउँदै सर्वाधिक नोक्सानी ब्यहोरेका छन्‌ ।

नबिल बैंक लिमिटेड प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको ५ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले बताएकाे छ ।

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
  • २०८० कार्तिक २, १६: २७

काठमाडौंः मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य रु दुई हजारले बढेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८० कार्तिक २, १६: २७

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको...

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०८० कार्तिक २, १६: २७

काठमाडौँः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ८०० र चाँदी...