काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई भारतीय राजदूतावासले क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ ।
कप्तान रोहित पौडेल नेतृत्वको टोलीलाई दूूतावासले स्वागत समारोहको आयोजना गरी उक्त सामाग्री हस्तानत्रण गरेको हो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सरिन स्पोर्टसबाट खरिद गरिएका २० वटा क्रिकेट ब्याट सहित सामाग्री हस्तानत्रण गरेका हुन ।
कार्यक्रममा क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थिति रहेको थियो ।
नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले जर्सी उपहारस्वरुप प्रदान गर्यो । राजदूत श्रीवास्तवले एसिया कप र एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको बेजोड प्रदर्शनको प्रशंसा गरे ।
क्रिकेट सामाग्री हस्तान्तरणले दुईदेशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै श्रीवास्तवले आगामी त्रिदेशीय टी–२० कप फाइनल र यसै महिनाको अन्त्यबाट सुरु हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि शुभकामना दिए ।
यसको लागि नेपाल क्रिकेट संघका अध्यक्ष श्री चतुर बहादुर चन्द , संघका सचिव श्री पारस खड्का र नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले भारतीय दूतावास, बीपी कोइराला भारत–नेपाल फाउनडेशनलाई धन्यवाद व्यक्त गरे ।
यसअघि सन् २०१३ मा नेपाल क्रिकेट संघलाई बस उपलब्ध गराउनुका साथै बीपी कोइराला भारत–नेपाल फाउन्डेशनमार्फत नेपाल बहिरा क्रिकेट टोलीलाई सन् २०२३ को अप्रिलदेखि मेसम्म कोलकातामा भएको त्रिदेशीय क्रिकेट टुर्नामेन्टमा सहभागी हुन दूतावासले सहयोग गरेको थियो ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...