
विश्वमा वर्षेनि कुनै न कुनै प्राणघातक नयाँ रोगले संत्रास फैलाउँदै आइरहेको छ । यसभन्दा अगाडिका वर्षहरुमा स्वायनफ्लू, डेंगू, वर्डफ्लूजस्ता महामारीले धेरै मानवजातीको निधन भएको छ । यस्तै यस वर्ष पनि केही समय अगाडि छिमेकी देश चीनमा हाल नोभल कोरोला भाईरसको प्रकोपबाट शनिबारसम्ममा ८११ जनाले ज्यान गुमाइसकेका छन् ।
चीनमा मात्र कोरोना भाईरसबाट ३५ हजारको हाराहारीमा संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ । चीनबाट सुरु भएको कोरोना भाईरस विश्वका विभिन्न देशहरुमा फैलिएको आशंका बढिरहेको छ । यसरी आशंका बढिरहेको २८ देशहरुमा संक्रमण फैलिएको आशंका भएको छ ।
जसअनुसार जापान, थाईल्यान्ड, सिंगापुर, दक्षिण कोरीया, अष्ट्रेलिया, मलेसिया, मकाउ, युएसए, भियतनाम, युएई, क्यानडा, इटली, ताईवान, युके, फिलिपिन्स, फिनल्यान्ड, श्रीलंका, स्पेन, स्वीडेन, बेल्जियम, कम्बोडिया तथा छिमेकी राष्ट्र भारत र नेपालमा समेत संक्रमण फैलिएको हुँदा नेपाली जनता त्रसित हुन पुगेका छन् । त्यसकारण समयमै सरकारले उच्च सर्तकर्ता नअपनाउने हो भने हाम्रो जस्तो मुलुकमा यो रोगले भयाभहको स्थिति नलेला भन्न सकिदैन ।
अन्य देशहरुले उच्च सर्तकर्ता अपनाउन विभिन्न उपायहरु गरेको देखिन्छ । अहिले सबैभन्दा बढी पिडित चाइनाका नागरिकहरुलाई परेको छ । चीनबाट अन्य मुलुक पनि जान नपाउने र चीन पनि फर्किन नपाएर विभिन्न मुलुकमा चिनिया नागरिकहरु अलपत्र परेको देखिएको छ ।
त्यसैले केही समयका लागि सरकारले स्वास्थ्य क्षेत्रमा निकै ठुलो सर्तकर्ता अपनाउनुपर्ने देखिएको छ । चीनले कोरोना भाईरसको संक्रमण देखिनासाथ दश दिनमा एक हजार शैया क्षमता भएको अस्पताल निर्माण गर्दा पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । हाम्रो देशबाट चीनको बुहान क्षेत्रमा रहेका एक सय असी नेपालीहरुलाई स्वदेश फर्काउन समेत सकिरहेको छैन । निजका आफन्तहरु रुवावासी गर्दै धर्ना जुलुस समेत गर्न थालिसकेको छन् । तिनीहरुको पनि तत्काल उद्दार हुनुपर्ने देखिन्छ ।
सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई भव्य रुपमा सम्पन्न गर्ने लक्ष्य लियता पनि छिमेकी देश चीनमा फैलिएको नोभल कोरोना भाईरसका कारण भ्रमण वर्ष २०२० लाई ठुलो धक्का पुग्ने देखिन्छ । किनकी नेपालमा सबैन्दा बढी चिनिया नागरिकहरु पर्यटकको रुपमा आउने गरेको पाइन्छ । त्यसैगरी अन्य मुलुकबाट पनि नेपाल आउने पर्यटकहरुको संख्या दिनानुदिन घट्दै गइरहेको छ ।
अन्य विकसित देशहरुले आफ्ना नागरिकहरुलाई देश नछाड्न निर्देशन दिएका छन् । जसका कारण एकातिर पर्यटकहरु घट्दै छन् भने अर्कोतिर एयरलाइन्सहरु खालीखाली हुन थालेका छन् । त्यसैले सरकारले पर्यटक वर्षलाई प्राथमिकता दिनुभन्दा पहिले महामारी रोगको नियन्त्रण गर्नेतर्फ ठुलो सर्तकर्ता अपनाएर नेपाली जनतालाई महामारीको रोगबाट बचाउन सरकारले तत्काल कुनै न कुनै रुपबाट लागि पर्नुपर्ने देखिन्छ ।
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
उदयपुर । उदयपुर जिल्लाको नेपाली कांग्रेस इतर समूहको जिल्ला अधिवेशनबाट बसन्त कुमार बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।...