भक्तपुर । रापिड नेश्नल चेस च्याम्पियनशीप सुरु भएको छ । नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले आज एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गरेका हुन ।
भक्तपुर साकोसको आयोजनामा भएको चेस प्रतियोगितामा नेपाल च्याम्पियन रुपेश जैसवाल, पुरुषोत्तम सिलवाल, पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली, ललितपुरका सरोज महर्जन र भक्तपुरका विक्रम चोकामीले ४ अंकसहित अग्रता कायम गरेका छन् ।
प्रतियोगितामा दोलखाका आशिष फुँयाल, भक्तपुरका राजेश कक्षपति, पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार, युवा खेलाडी सुदिप तामाङ, धिरेन राई, सुरज सिंह ३.५ अंकसहित दोस्रो स्थानमा रहेका छन् ।
पाँचौ चरणदेखि नवौँ चरणसम्मका खेलहरू भने भोली बिहान १० बजेबाट सुरू हुने छन् । प्रतियोगिता सम्पन्न भएलगतै अपरान्ह ३ बजे भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम हुने आयोजक भक्तपुर साकोसले जनाएको छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...