नेपाली क्रिकेट टिमलाई ५० लाख पुरस्कार – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

नेपाली क्रिकेट टिमलाई ५० लाख पुरस्कार

काठमाडौं । विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टिमलाई ५० लाख पुरस्कार घोषणा भएको छ ।

आईसीसी टी–२० क्रिकेट वर्ल्डकपमा छनोट भएको राष्ट्रिय क्रिकेट टोलीलाई क्यानले ५० लाख पुरस्कार घोषणा गरेको हो ।

क्यानको केन्द्रीय समिति बैठकले खेलाडीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

क्यानले हालै मलेसियामा सम्पन्न एसीसी मेन्स यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी भई जनवरी २०२४ मा हुने यु–१९ एसिया कपमा छनोट

हुन सफल यु–१९ राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरुलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने निर्णय गरेको छ।

क्यानले नोभेम्बर १५ देखि १९ सम्म ४ राष्ट्रका महिला क्रिकेट टिमबीच हुने हङकङ विमेन्स आई सिरिजमा सहभागी हुन खेलाडीहरुलाई पठाउने निर्णय गरेको छ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० कार्तिक २०, २०: ०१

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० कार्तिक २०, २०: ०१

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० कार्तिक २०, २०: ०१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...