काठमाडौं । जाजरकोट भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन राष्ट्रपति रामचन्द्र पौडेलले आग्रह गरेका छन् ।
शीतलनिवासमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई बोलाएर देशका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूप्रति ध्यान दिन आग्रह गर्नुभएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
घाइतेको उपचार प्रक्रियालाई सहज एवं प्रभावकारी बनाउन, उनीहरूको उपचारमा संवेदनशील बन्न सरकारको तर्फबाट हरसम्भव प्रयास हुनुपर्नेमा जोड दिए ।
जाडो प्रारम्भ अन्य रोगको प्रकोप बढ्नसक्ने भएकाले त्यसतर्फ चनाखो हुन राष्ट्रपतिले मन्त्री बस्नेतको ध्यानाकर्षण गराएको थियो ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...