काठमाडौं । गायक तथा सर्जक प्रकाश दूतराजको नयाँ गीत ‘रिमै’ करोड क्लवमा छ ।
कर्णाली र सूदुरपश्चिम प्रदेशमा फिरन्ते जीवन बिताईरहेको राउटे समूदायको जीवनशैलीलाई शब्दमा उनेर गीत सिर्जना गरेका दूतराजको सिर्जना रिमै दशैको फूलपातीको अघिल्लो दिन सार्वजनिक भएको थियो ।
गीत ३ सातामै करोड क्लबमा पुगेको थियो । हालसम्म यो गीत १ करोड १६ लाख बढीले हेरिसकेका छन् । ६ हजार भन्दाधेरै प्रतिक्रिया प्राप्त भएको छ ।
त्यस्तै १ लाख ६६ हजार भन्दा धेरैले यूट्युबमा यो गीतलाई लाइक गरेका छन् । गायक दुतराज र गायिका मेलिना राईको स्वर रहेको छ ।
भिडियोमा स्वयम दुतराज र केपिना गोतामेको अभिनय रहेको छ । राउटे समुदायको कथा संस्कृति, माया, प्रेम र जिवनको कथा म्यूजिक भिडिओमा उनीएको छ ।
दुतराजकै शब्द र म्यूजिक रहेको गीतमा एरेन्ज बीबी अनुरागी, मिक्सिङ श्यामस्वेत रसाइलीको रहेको छ ।
काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...
काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...
सुर्खेत — डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानिगडमा भारी हिमपातका कारण विगत केही दिनदेखि फसेका ६ जना भारतीय पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार कार्य...