क्रिकेटमा विश्व च्याम्पियन बन्न भारतले अष्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

क्रिकेटमा विश्व च्याम्पियन बन्न भारतले अष्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

 

काठमाडौं। विश्व च्याम्पियन बन्नका लागि अष्ट्रेलियालाई भारतले २४१ रनको लक्ष्य दिएको छ। निर्धारित ५० ओभरमा भारतले सबै विकेट गुमाएर २४० रन बनाएपछि अष्ट्रेलियाले उक्त लक्ष्य पाएको हो।

विश्वकप क्रिकेटमा अस्ट्रेलियाविरुद्ध टस हारेर भारतले ब्याटिङ गरेको थियो। भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा खेल भइरहेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतीय ब्याट्सम्यान चल्न नसकेपछि अष्ट्रेलियालाई सामान्य लक्ष्य प्रस्तुत गरेको हो।

भारतका लागि केएल राहुलले ६६ रन बनाए भने विराट कोहलीले ५४ रन बनाए। त्यस्तै कप्तान रोहित शर्माले ४७ रन बनाउँदा सूर्यकुमार यादवले १८ रन बनाए ।

रविन्द्र जडेजाले ९ रन बनाउँदै आउट भए । सुभमन गिल र श्रेयर ऐरले ४-४ रन बनाए भने मोहम्मद शामीले ६ रन बनाउँदा जसप्रीत बुमराह १ रनमा आउट भए। कुलदिप यादव १० र मोहम्मद सिराज ८ रनमा सीमित भए।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ विकेट लिए भने जोश हाजलवर्ड र पट कमिन्सले २÷२ विकेट लिए। ग्लेन म्याक्सवेल र अडाम जाम्पाले १÷१ विकेट लिएका थिए।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० मंसिर ३, १९: ०२

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० मंसिर ३, १९: ०२

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८० मंसिर ३, १९: ०२

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...