काठमाडौं । नेपाल सुपर लिग २०२३ अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौँ रेजर्सबीच खेल हुँदैछ । साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल सुरु हुनेछ ।
चार खेलमा दुई जित र दुई बराबरीबाट ८ अंक जोडेको पोखरा तेस्रो स्थानमा छ । उता काठमाडौँ भने चार खेलबाट ५ अङ्कसहित पाँचौ स्थानमा छ ।
साविक विजेता काठमाडौँले यो सिजन सोचे अनुसारको प्रदर्शन गर्न सकेको छैन । चार खेल खेलिसक्दा काठमाडौँले जम्मा एक खेल जितेको छ भने दुई खेल बराबरी गरेको छ ।
मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता रहेको छ । काठमाडौँ रेजर्स, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी,
चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थण्डर्स सहभागी छन् ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...