काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्वीकृत दरबन्दीबाहेक अन्य कर्मचारीहरूको विवरण बुझाउन परिपत्र गरेको छ ।
एक हप्ताभित्र बुझाउन परिपत्र गर्दै सोमबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीबाहेक समायोजन मिलान, समायोजन संशोधन र फाजिलमा रहेका स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका स्वास्थ्यकर्मीको विवरण माग गरेका हुन् ।
स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीका लागि पनि तलब भत्ता माग भइरहेको भन्दै त्यसै प्रयोजनका लागि विवरण माग गरेको मन्त्रालयले बताएको छ । गत साउनदेखि कतिपय पालिकाहरूमा कार्यरत दरबन्दी बाहिरका स्वास्थ्यकर्मीहरुले तलब पाउन सकेका छैनन् ।
दरबन्दीअनुसार समायोजन भएका कर्मचारीको तलब यसअघि नै गएको र बाँकीको हकमा तलब भत्ता माग गर्ने प्रयोजनको लागि सो विवरण माग गरिएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....