किन “आउट” भए केसी देउवा गुटबाट ? – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

किन “आउट” भए केसी देउवा गुटबाट ?

काठमाडौं । १२ औं महाधिवेशनको केही समयपछिदेखि नै पार्टीको पदाधिकारी बनाएको झोकमा सादगी नेता तत्कालिन पार्टी सभापति सुशील कोइरालालाई सत्तोसराप गर्दै देउवा गुटतिर गृह प्रवेश गरेका नुवाकोटका नेता अर्जुन नरसिंह केसी देउवा क्याम्पबाट आउट हुने भएका छन् । आपूmलाई हेवीवेट भन्दै १३औं महाधिवेशनमा संस्थापन पक्षलाई धोका दिएर देउवा क्याम्प गएका केसी देउवा क्याम्बाट वीपी पुत्र डा. शशांक कोइरालाविरुद्ध महामन्त्री पदमा निर्वाचनमा होमिएका थिए । १३औं महाधिवेशनमा पनि वीपी पुत्र डा. शशांक कोइरालाले पराष्ट्र बनाएपछि देउवा गुटमा नै टाँसीरहे ।

देउवा गुटका हस्ती मानिने विमलेन्द्र निधि, रमेश लेखक, डा. प्रकाश शरण महत र बालकृष्ण खाँडले उनलाई त्यो गुटबाट हटाउन भएमजदुर प्रयास गरिरहेता पनि सफल भएका थिएनन् । पछिल्लो समयमा केसीका गतिविधि स्वयम् देउवालाई पनि मन नपरेको कारण कांग्रेस, माओवादी केन्द्रको सहमतीय सरकारमा माल कमाउने मन्त्रालय नपरेको भन्दै रक्षामन्त्रीको शपथ समेत खाएनन् । त्यसपछि २ महिनापछि मात्र माल कमाउने सहरी विकास मन्त्रालयको करिब ११ महिना मन्त्री पद भजाए । उता देउवा क्याम्पभित्रका हस्तीहरु जो हिजोदेखि देउवालाई साथ दिंदै आएका विशेष सल्लाहकार डा. प्रकाशशरण महतले केसीलाई देउवा नजिक हुनै दिएनन् । त्यसपछि देउवा र केसीको सम्बन्ध झन्झन् चिसो हुँदै गयो र स्थानीय निर्वाचनमा नुवाकोट नगरपालिकाका उम्मेदवार बनाउँदा जिल्ला पार्टी सभापति केसी परिवारको छुट्टाछुट्टै उम्मेदवारले उम्मेदवारी दर्ताले समेत नगरपालिकामा पनि कांग्रेसले पराजय भोग्नु प¥यो ।
त्यही रोग प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केसीले प्रस्ताव गरेको प्रत्यक्षतर्पmको उम्मेदवारहरुले कसैलाई पनि देउवाले टिकट नदिएपछि आक्रोेशित भएका केसीले समानुपातिक तर्पmको उम्मेदवार एकजना पनि आप्mनो मान्छे नपरेपछि शुक्रबार कार्यसम्पादन बैठकमै देउवालाई तथानाम गाली समेत गरेका बालुवाटार सूत्रले बताएको छ । देउवा गुटमा लाग्नु जिन्दगीको सबैभन्दा राजनैतिक भूल भएको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनी पहिलो संविधानसभा निर्वाचनमा पनि पराजित भएका थिए भने दोस्रो संविधानसभा निर्वाचामा जिते पनि अहिले आपूm हेवीवेट भएको भनेपनि नुवाकोट १ बाट फेरि प्रतिनिधिसभा निर्वाचनबाट पराजित भएका छन् ।

सम्बन्धित समाचार

दुध किसानलाई १२ करोड भुक्तानी
दुध किसानलाई १२ करोड भुक्तानी
  • २०७४ पुष १७, ०९: २६

काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...

तोलामा एक हजारले घट्यो सुनको मूल्य
तोलामा एक हजारले घट्यो सुनको मूल्य
  • २०७४ पुष १७, ०९: २६

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...

कि प्रधानमन्त्रीलाई संसद्‍मा बोलाउनुपर्‍यो, नभए मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ
कि प्रधानमन्त्रीलाई संसद्‍मा बोलाउनुपर्‍यो, नभए मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ
  • २०७४ पुष १७, ०९: २६

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।...