काठमाडौं । आज प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ र कोशी प्रदेश भिड्दै छन् ।
खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ । यसपटक राउण्ड रोविन लिगमा भएको प्रतियोगितामा एपीएफ लिग चरणमा अपराजित रहँदै पहिलो र कोशी दोस्रो स्थानमा थियो । पहिलो क्वालिफायरमा एपीएफले कोशीलाई नै हराएर फाइनल पुगेको थियो ।
यस्तै कोशीले भने एलिमिनेटरको विजेता तथा साविक विजेता सुदूरपश्चिम प्रदेशलाई हराएर फेरि एपीएफसँग फाइनलमा भेट पक्का गरेको हो । यस संस्करणमा एपीएफ सबै ८ खेलमा अपराजित छ ।
काठमाडौं : गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षीय तामाङको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो...
काठमाडौं । आज पृथ्वी जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता...
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचन लड्न आफू रुकुम पूर्वमा आउने निश्चित भएको बताएका छन्। रुकुम...