क्यानले सन्दीपबारे पुस २५ को फैसलापछि मात्र आफ्नो धारणा राख्छ : पारस खड्का – Naya Bikalpa
January 11, 2026, Sunday      Epaper

क्यानले सन्दीपबारे पुस २५ को फैसलापछि मात्र आफ्नो धारणा राख्छ : पारस खड्का

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेबारे २५ पुसपछि मात्र धारणा सार्वजनिक गर्ने भएको छ ।

बलात्कारको मुद्दामा दोषी ठहर भएका लामिछानेको सजाय तोक्न २५ पुसमा पेशी तोकिएको छ । क्यानका सचिव पारस खड्काले सन्दीपबारे त्यसपछि मात्र क्यानले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका हुन् ।

उनका अनुसार सन्दीपका वकिल र त्रिकेट संघका कानुन सल्लाहकारसँग कुराकानी भएको थियो । उनले भने, ‘२५ पुसमा के फैसला हुन्छ, त्यसपछि हामी बोल्छौं ।’

जिल्ला अदालत, काठमाडौंले गौशाला २६ माथि बलात्कार भएको घटनामा क्रिकेटर सन्दीप लामिछानेलाई गत शुक्रबार दोषी ठहर गरेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय सुनाउन २५ पुसमा पेसी तोकेका छन् ।

सम्बन्धित समाचार

कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल
कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल
  • २०८० पुष १९, १४: ४२

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका...

गायक प्रशान्त तामाङको निधन
गायक प्रशान्त तामाङको निधन
  • २०८० पुष १९, १४: ४२

काठमाडौं : गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षीय तामाङको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो...

आज ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
आज ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
  • २०८० पुष १९, १४: ४२

काठमाडौं । आज पृथ्वी जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता...